किसानले  पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे

कपिलवस्तु। कपिलवस्तुका किसानले  पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । सरकारबाट पाउने दुई करोड ५० लाख रकम अनुदान नपाएको भन्दै  कपिलवस्तु किसान संघको आयोजनामा  कपिलवस्तुका किसानले सडक बन्द गराएका हुन ।

सडक अवरुद्ध  हुँदा गाडी चलेका छैनन् । ५ वर्ष बितिसक्दा पनि सरकारले उखु प्रवर्द्धन वापतको प्रति क्विन्टल २५ रुपैयाँ अझैसम्म नदिएको विरोधमा किसानहरुले सडक अवरुद्ध  गरेका हुन् ।

किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीले अनुदान दिने सहमति नजनाएसम्म सडक अवरुद्ध गर्ने बताए ।

जसका कारण पूर्व–पश्चिम राजमार्गमा चल्ने गाडी ओहोरदोहोर गर्न पाएका छैनन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस