मानव निर्मित पोखरीमा डुबेर १को मृत्यु

दाङ । घोराही उप–महानगरपालिका–१८ का देउचन रोकाको  गिठेपानीमा रहेको पोखरीमा डुबेर मृत्यु भएको छ । सिचाईँ गर्न बनाएको मानव निर्मित पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति घरबाट निस्किएका रोका शनिबार बिहान पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । ५० वर्षे रोकाको शव पोष्टमार्टमका लागि घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

घटनाबारे थप अनसुधान भइरहेको प्रहरीले जनाएको छ । हालसम्म मानव निर्मित पोखरीमा डुबेर घोराहीमा १५ जनाले ज्यान गुमाएका छन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस