दाङमा दुर्घटना, ३ जना घाइते

दाङ । दाङमा बुधबार बिहान भएको बस दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

काठमाडौंबाट रुकुम जाँदै गरेको बा ४ ख १७३२ नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ५ कुमलरोडमा बिहान साढे ७ बजेतिर दुर्घटनामा परेको हो ।

बसमा कुल २५ यात्रु रहेकोमा ३ जना मात्रै घाइते भएको र सबैको उद्धार गरि अस्पताल पुर्याइ सकिएको प्रजिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस