१७ करोड घोटाला गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ

दाङ । बैंकको १७ करोड रुपैया हिनामिना गरेको अभियोगमा दाङमा एक बैंक म्यानेजर पक्राउ परेका छन ।

बैंकको रकम हिनामिना गरेको अभियोगमा देब विकास बैंक नारायणपुर शाखाका म्यानेजर समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

म्यानेजर बुढाथोकीमाथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ । पैसा घोटालाको अभियोग लागेपछि फरार रहेका बुढाथोकीलाई दाङ प्रहरीले मंगलबार साँझ देउखुरीको लमहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।

पक्राउ परेका म्यानेजर बुढाथोकीलाई आवश्यक अनुसन्धानका लागि म्यादथप गर्न आजै उच्च अदालत बाँकेमा हाजिरी गराउने तयारी प्रहरीको छ ।

लिलाधर वली

वली दाङका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस