मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु

बुटवल । रुपन्देहीको  ढवाहामा सवारी दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल १२ ढवाहामा आज) दिउसो दुर्घटना भएको हो ।

मुख्य राजमार्गबाट दक्षिण तर्फ जादैँ गरेको लु २ च ३२६ नम्बरको मालसमान बोक्ने गाडि (छोटा हात्ती) लाई पश्चिमबाट पुर्वतर्फ जादै गरेको लु ३२ प ५००१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भटटराईका अनुसार  दुर्घटनामा परि मोटरसाइकल चालक गुल्मी घर भएका २६ वर्षका सुुवास पछाईको ज्यान गएको छ। घटनाबारे थप अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस