करेन्ट लागेर भिंग्रीमा युवाको मृत्यु

प्यूठान । भिंग्रीमा करेन्ट लागेर एक युवाको आइतबार मृत्यू भएको छ ।

करेण्ट लागेर लुङ्ग्री गाउपालिका ३ रोल्पा निबासी २६ वर्षीय बिरेन्द्र घर्ती क्षेत्रीको मृत्यु भएको हो ।

अमर माध्यमिक विद्यालय स्वर्गद्वारी नगरपालिका ३ प्यूठानको विज्ञान विषय अध्यापन गराउने भवन निर्माणका क्रममा ढोका जोड्न तयार गर्दै गर्दा करेन्ट लागेको प्रहरी जनाकारी दिएको छ ।

करेन्ट लागेर अस्पताल ल्याईएका बिरेन्द्रको अस्पताल आउनु अघि नै मृत्यु भइसकेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीका डा. अनिस आचार्यले बताए ।

बिरेन्द्र अमर माध्यामिक विद्यालयमा हाम्रो ग्रील उद्योगको मातहतमा रहि काम गर्न आएको प्रोपाईटर बसन्त सिंगले जानकारी दिए ।

शव पोस्टमार्टमको लागी इलाका प्रहरी कार्यालय भिंग्रीमा राखिएको र आफन्त आईपुगे पछि सनाखत गरि बुझाउने भिंग्रीका प्रमुख भुपेन्द्र भण्डारीले जानकारी दिए ।

खुङ्री रोल्पाको हाम्रो ग्रील उद्योगमा काम गर्ने मृतक बिरेन्द्र, टेक बहादुर घर्ती क्षेत्रीको छोरा हुन ।

राधिका भुसाल

भुसाल प्युठान संवाददाता हुन्।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस