लागूऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ

बाके । नेपालगञ्ज प्रहरीले आज विहान १० बजे भारतबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर नेपाल ल्याउदै गरेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको छ ।

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाको संयुक्त टोलीले बीरेन्द्रनगर–३ सुर्खेतका २२ वर्षिय अमृत बिक, ३२ वर्षिय चन्द्रबहादुर बिक र सुनसरी ईनरुवा–७ घरभई हाल बीरेन्द्रनगर–३ मा नाई पसल सञ्चालन गर्दै आएका ३२ वर्षिय दिपेन्द्र ठाकुरले  कम्मरमा लुकाई ल्याउदै गरेको अवस्थामा  १४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जका ईन्चार्ज समेत रहेका प्रहरी निरिक्षक बिरबहादुर थापाले तीनै जनालाई थप अनुसंन्धानको लागि जिल्ला प्रहरी कार्यालय नेपालगन्ज पठाइएको जानकारी दिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस