व्यापार संघ कपिलवस्तु द्धारा ज्ञापन पत्र पेश

कपिलवस्तु । व्यापार संघ कपिलवस्तुले व्यापारीलाई परेका केहि जटिलतालाई खारेज गर्न भन्दै ज्ञापन पत्र पेश गरेको छ । बुधवार ईलाका प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधान्मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । संघले ६ बुदे माग राख्दै तत्काल सम्वोधन गर्न समेत आग्रह गरेको छ ।

सामान ओसार-पोसार गर्दा लाग्ने ढुवानी करमा लगाइएको १३ प्रतिशत मुल्य अभिवृद्धी कर अव्यवहारिक रहेकोले तत्काल खारेज गर्न,एक हजार भन्दा माथिको ज्याला भुक्तानी अवलम्वन गर्नुपर्नेमा सम्वन्धित ज्यालादारी कामदारको पान न आवश्यक पर्ने प्रावधान खारेज गर्न माग राखेको छ । त्यस्तै वाणिज्य कार्यालयमा फर्म नविकरण नभइ रहेका व्यवासायीहरुको नविकरणको वातावारण सहज गर्नुपर्ने,बैंक खाता मार्फत पारिश्रमिक तत्काल भुक्तानी गर्न सम्भव नरहेकोले उक्त निर्णय पनि खारेजिको लागी माग गरेको छ ।

व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलको हस्ताक्षरमा रहेको उक्त ज्ञापन पत्रमा भिसिटियस लामो दुरी,ग्रामिण र पहाडी क्षेत्रका लागि लागु हुन नसक्ने रहेकोले तत्काल खारेज गर्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै ईलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख विजयराज पौडेलले सम्वन्धित कार्यालयमा उक्त पत्र पठाउने आश्वासन दिएका छन । सरकारले अवलम्वन गरेको समृद्ध नेपाल,सुखी नेपाली नारालाई साकार पार्न व्यापार संघले सरकार संग हातेमालो गर्न प्रतिवद्ध रहेको उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

माधव बेल्वासे

बेल्वासे कपिलवस्तुका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस