पहिरोले गुल्मी–अर्घाखाँची सडक अवरुद्ध

बुटवल । लगातार परेको बर्षाका कारण पहिरो जाँदा गुल्मीको सदरमुकाम तम्घासदेखि अर्घाखाँचीको सन्धिखर्क पुग्ने सडक हिजो विहान ७ बजे देखि अवरुद्ध भएको छ । तम्घास नेटा सडक खण्डको वेदुखर्कमा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो ।

स्थानियवासीले पैदल यात्रा गर्न समेत कठिन भएको गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काले पहिरो हटाउन पहल भइरहेको जानकारी दिनुभयो ।

सदरमुकाम तम्घासबाट पहिरो गएको स्थान पैदल यात्राबाट झण्डै ४५ मिनेटको दूरीमा रहेको रेसुङ्गा नगरपालिकका मेयर डिल्लीराज भुसालले जानकारी दिनुभयो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस