सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडकखण्ड सन्चालनमा

 बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड सन्चालनमा आएको छ । शनिबार दिउँसो देखि पहिरोले अवरुद्ध भएको सडक आइतबार बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

एकतर्फी बाटो खुलेपछि सवारी साधनहरु पालैपालो गन्तव्यतर्फ जान थालेका छन् । ब्रेकर, डोजर, स्काभेटर परिचालन गरेर दुईतर्फी नै बाटो खुलाउने प्रयास भइरहेको बुटवल प्रहरीले जनाएको छ ।

ठूला ढुंगासहित खसेको पहिरोले बाटो अवरुद्ध हुँदा शनिबारदेखि सयौं सवारी साधन र त्यसमा सवार यात्रुहरु अलपत्र परेका छन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस