च्याउ खाँदा १२ बिरामी

रुकुम । जङ्गली च्याउ खाँदा एकै गाउँका रुकुम पश्चिममा १२ बिरामी भएका छन् । मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलमा जङ्गलबाट ल्याएको च्याउ खाँदा  १२ बिरामी परेका हुन् ।

च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी, १७ वर्षीया कल्पना केसी र ५४ वर्षीया चन्द्रकुमारी गिरी रहेका छन् ।

त्यस्तै २४ वर्षीया जमुना गिरी, २५ वर्षीया पुष्पाञ्जली गिरी, ३० वर्षीया मनिषा बुढा, ६० वर्षीया देवी खनाल, १३ वर्षीय नवराज खनाल र १६ वर्षीया हिमाली खड्का पनि च्याउ खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुसीकोट नगरपालिका–१ खलङ्गाको साझा अस्पतालमा सबै बिरामीको उपचार भइरहेको छ । बिरामीको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षकले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षकका अनुसार जङ्गलबाट ल्याएको च्याउ पकाएर हिजो साँझ खाएका उनीहरु लगत्तै बिरामी परेका थिए । समयमै स्वास्थ्य संस्थामा ल्याएका कारण उनीहरुलाई केही हुन नपाएको भनाइ छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस