खुकुरी प्रहारबाट १ को मृत्यु

दाङ । दाङमा एक व्यक्तिको खुकुरी प्रहारबाट मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१२ केचली निवासी २० वर्षीय रामबहादुर ओलीलाई शनिबार दिउँसो सवा दुई बजेतिर केही युवाको समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।गम्भीर घाइते ओलीको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार खुकुरी प्रहारबाट दुवै हात र बायाँ खुट्टामा गम्भीर चोट लागेका ओलीको नेपालगञ्जमा उपचारपछि थप उपचारका लागि भारतको लखनऊ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

ओलीको शनिबार राति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

शनिबार नै मोतीपुरको जङ्गलबाट घटनामा संलग्न रहेको आरोपमा दुईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक ले बताए ।

प्रहरीले उनीहरुको नाम भने गोप्य राखेका छन् । साथै शङ्कास्पद रहेका तीन मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षकले बताए ।

घटनाको कारण, घटनामा संलग्न व्यक्तिको पहिचान लगायतका विषयमा अझै थप विवरणका लागि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस