सिद्धार्थ राजमार्ग सडकखण्डमा पहिरोले मोटरसाईकल बगायो

बुटवल । बुटवल पाल्पा सडकखण्डको हेडबक्स नजिकै पहिरोले मोटरसाईकल बगाएको छ ।

तीन दिन देखि परेको अविरल बर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको हेडबक्स नजिकै गएको पहिरोले मोटरसाईकल बगाएको छ ।

मोटरसाईकल तिनाउ नदिमा झरेको प्रदेश नं. ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदुसुदन पन्तले जानाकारी दिनुभयो । उहाँले भन्नुभयो “घटना स्थलमा जान सक्ने स्थिती छैन, पहिरो झरेको झरै छ” । मोटरसाईकलमा कति सवार थिए भन्ने एकिङ हुन सकेको छैन् ।

खोलामा मोटरसाईकल पहिरोले लगेको थाहा पाएपछि ट्राफिक प्रहरी घटना स्थल तर्फ गएको छ । अन्य विस्तृत विवरण आउन बाँकी छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस