पहिरोका कारण पाल्पा-बुटवल सडक एकतर्फी

पाल्पा ।  लगातार वर्षाका कारण पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्ड एकतर्फी रुपमा सुचारु भएको छ ।

तीन दिन अघिदेखि लगातार बर्षा भइरहेकोले बिहिवार बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडवक्समा र बिहान केरावारी क्षेत्रमा ठुला ढुङ्गा सहितको पहिरो खसेको जिल्ला प्रहरी पाल्पाले जानकारी दिएको हो ।

पहिरोले अवरुद्ध बनेको सडक केहिबेर अघि डोजर लगाएर पहिरो हटाएपछि एकतर्फी रुपमा सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

अहिलेपनि लगातार पानी परिरहेकोले तत्काल पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।

सडक विभाग कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय पाल्पाले डोजर प्रयोग गरेर पहिरो हटाउने कार्य गरिरहेको र केहि समयमा सडक दुईतर्फी रुपमै सुचारु गर्ने सापकोटाको भनाई छ ।

सिर्जना घिमिरे

घिमिरे पाल्पा संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस