प्रेमीसँग मिली आफ्नै आमाको हत्या: चार पक्राउ, तीनजना सार्वजनिक

काठमाडौं । आइतबार दिउँसो भक्तपुरमा आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुल्न आएको छ ।  चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो।

प्रहरीका अनुसार हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय नागरिक अर्जुन कुमार भन्ने भोला कुमार, भारतकै मोहम्मद रहिश र मृतककी छोरी ईश्वरीलाई पक्राउ गरेको हो । प्रहरीले नौसादलाई धादिङको गजुरीबाट आइतबार साँझ सात बजे र भोला कुमार र मोहम्मद रहिसलाई राति तीन बजे मकवानपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । मृतककी छोरीलाई भने भक्तपुरबाट पक्राउ गरिएको हो ।

हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ रहेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो। उनी त्यहाँ आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन्।

श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरी ज्वाइँको घरमा बस्दै आएकी थिइन्। ‘छोरी र उनका प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि हत्या गरिएको प्रारम्भिक जानकारी छ,’ अपराध महाशाखा स्रोतले भन्यो।

हत्यामा संलग्न छोरी ईश्वरी भट्टराई छिन्। उनी भक्तपुरकै गार्मेन्ट कारखानामा काम गर्थिन्। सोही क्रममा नासिदसँग भेट भएको थियो। आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण नासिदले हत्या योजना बनाएको महाशाखाले जनायो।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस