सरकारले ११ थरी पदक वितरण गर्ने

बुटवल  । प्रदेश ५ को सरकारले प्रदेश स्थापना दिवसका अवसरमा ११ थरी पदक वितरण गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश सभामा पेस गर्नका लागि तयार पारेको विभूषणसम्बन्धी विधेयकमा ११ थरी पदक प्रदान गर्ने व्यवस्था गरेको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेश सभामा पेस गर्न स्वीकृत गरेको विधेयकमा विभिन्न क्षेत्रमा योगदान पु(याएका व्यक्तित्वको कदरका लागि पदकहरू प्रदान गरिने उल्लेख छ । सरकारका प्रवक्ता बैजनाथ चौधरीले पदकको घोषणा संविधान दिवस ९३ असोजमा० र प्रदेश स्थापना दिवसका दिन तीन फागुनमा वितरण गर्ने व्यवस्था गरेको बताए । -नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस