त्रिपुरेश्वर मन्दिरमा नयाँ नेतृत्व

सैनामैना । श्री त्रिपुरेश्वर शिवालय मन्दिर तथा सामुदायिक सेवा समिती सैनामैना ११ काे चाैथाे साधरण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले शुशिला अर्यालकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ मिन्दर व्यवस्थापन समिती चयन भएकाे छ ।

उपाध्यक्षमा भुमिलाल सापकाेटा,सचिवमा लेखनाथ भुसाल,काेषाध्यक्षमा प्रेरणा चन्द्र ठकुरी र सहसचिवमा भिम काेइराला रहनुभएकाे छ ।साे अवसरमा प्रदेश ५ का प्रदेश सभा सदस्य तथा नेकपाका सचेतक भुमिश्वर ढकालले सैनामैनामा पर्यटन क्षेत्रकाे विकाशका लागि यस एेतिहासिक महत्व बाेकेकाे मन्दिरले महत्वपुण भुमिका खेल्ने बताउनुभयाे ।

कायक्रमका प्रमुख अतिथी समेत रहनुभएका ढकालले मन्दिरकाे भाैतिक निर्माण लगायतका कार्यहरुमा सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभयाे । विशिष्ठ अतिथी सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले सैनामैनामा रहेका एेतिहासिक धार्मिक मन्दिरहरुकाे संरक्षण गरी प्रचार प्रसार गर्नु सबैकाे दायित्व भएकाे बताउँदै नगरबाट अावश्यक सहयाेग गर्ने उल्लेख गर्नुभयाे ।

कार्यक्रम हरीप्रसाद पाैडेलकाे अध्यक्षता,प्रदेश सभा सदस्य भुमिश्वर ढकालकाे प्रमुख अातिथ्यता तथा सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीकाे विशिष्ठ अातिथ्यतामा भएकाे हाे । कार्यक्रम यमलाला खरेलकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस