मनकामना जाँदै गरेको बस त्रिशूलीमा खस्यो: २ को मृत्यु

काठमाडौं । काठमाडौंबाट मनकामना दर्शनको लागि गएको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको धादिङस्थित सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

गोरखाको मनकामना मन्दिर दर्शनका लागि काठमाडौंबाट रिजर्भ गरी लगेको ना ४ ख १४१५ नम्बरको बस सडकबाट त्रिशूली नदीमा खसेको हो।

ओभरटेक गर्ने क्रममा सडकबाट बस त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी दोलखाका हरिवंश केसी र पार्वती बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए।

दुर्घटनामा परेर दस जना यात्रु घाइते छन। उनीहरूलाई मलेखु अस्पतालमा प्राथमिक उपचार गराएर थप उपचारका लागि काठमाडौं पठाइएको छ। सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस