अज्ञात समूहद्वारा विंगरमा आगजनी

सैनामैना । सैनामैना-१० सितलापुर घुम्तिमा अज्ञात समुहद्वारा छेउमा रोकीराखेको विंगरमा आगो लगाइ क्षति पुर्याएका छन। बुटवल-फर्साटिकर रुट प्रमिट भएको लु१ ज २३०४ नम्बरको विंगरलाइ बिहिबार राती आगो लगाएका हुन।

बुधबार ४ गते कपिलबस्तुबाट बुटवल तर्फ आउदै गर्दा महेन्द्र राजमार्ग अन्तर्गत सैनामैना १० सितलापुर घुम्तीमा रोकी राखेको विंगरमा बिहिबार राती करिब १२ बजे अज्ञात समूह द्वारा आगो लगाएको इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ।

आगो लागेको थाहा पाए पछि इलाका प्रहरी कार्यलय,सालझण्डीको अग्नि नियन्त्रण टोली घटना स्थलमा पुग्दा विंगरमा पुर्ण क्षति भैसकेको इप्रका सालझण्डीले जनाएको छ।

घटना पछि सो स्थानमा सुरक्षा दिइएको र हिजो बिहान करिब ८ बजे तिर विंगर चालक आए पछि सो विंगर बुटवल उपमहानगरपालिका वार्ड नं १२ तामनगर निवासी शान्ती थापाको रहेको र बुधबार बुटवलबाट कपिलबस्तु रिर्जवमा गै बुटवल आउदै गर्दा बाटोमै गाडी बिग्रिए पछि छोडेर गएको चालक यम बहादुर थापाले बताएका छन।

थापा भन्छन “बुधबार रात पर्यो आउनै पाइएन बिहिबार बन्दले गर्दा कुनै सवारी साधन नचलेको र शुक्रबार बनाउन भनेर आउदा आफ्नो गाढीमा आगजनी भएकोमा प्रहरी प्रशासन समक्ष गुनासो गरेका छन।

गाडीमा आगजनी गर्नेहरुको खोजी भैरहेको र गाडी बिग्रिएर छोडि जाने अवस्था भए पछि नजिकको सुरक्षा निकायलाइ जानकारी दिनु पर्ने कुरा बताउदै सवारी धनी शान्ती थापा र सवारी चालक यम बहादुर थापालाइ सोधपुछका लागि इप्रका सालझण्डीमा ल्याइएको इप्रका सालझण्डीले जनाएको छ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस