कञ्चनमा नक्कली बम फेला

कञ्चन । कञ्चन गाउपालिकाको कार्यालय परिसरमा आज बिहान प्लाष्टिकको बाल्टीमा रातो कपडाले छोपेर राखेको अबस्थामा नक्कली बम फेला परेको छ ।

विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेकाले त्यही समूहले नक्कली बम राखेको हुनसक्ने अनुमान गरिएको छ । वार्ड नं २ गजेडी माबिको गेट अगाडी बाटोमा सो नक्कली बम भेटिएको हो ।

स्थानियले बाटोमा रातो कपडाले छोपेर राखेको अवस्थामा शंकास्पद बस्तु देखेपछि नजिकैको प्रहरी कार्यलयमा खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय ,सालझण्डीको डिस्पोजल टोली आइ निरिक्षण गर्दा सो शंकास्पद बस्तु नक्कली भएको इलाका प्रहरी कार्यलय,सालझण्डीका प्रहरी निरीक्षक रबिन मैनालीले जानकारी दिनुभएको छ ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस