रिब्दीकोट गाउँपालिकाको भवनमा बम विस्फोट

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी बिश्वमणी पोखरेलले जिल्लाको रिब्दीकोट गाउँपालिकामा बिहीबार बिहान २ बजेको समयमा गाउँपालिका कार्यालय भवनमा बम बिस्फोट भएको  बताएका छन ।

बम विस्फोटका कारण सेवाग्राहीहरुका लागि बनाइएको प्रतिक्षालय र गाँउपालिका कार्यालयको कम्प्यूटरमा क्षति पुग्नुका साथै झ्यालका सिसा फुटेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।

बिहीबार नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको समुहले आयोजना गरेको नेपाल बन्दको कारण विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । बम विस्फोट भएपछि स्थानीय त्रसित भएका छन ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस