जितगढी उत्सवको भब्य तयारी

  • प्रधानमन्त्री ओली र पुर्वप्रधानमन्त्री प्रचण्ड बुटवल आउने
  • बुटवल । बुटवलको जितगढी किल्लामा पर्सी (शनिवार) अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको खुशियालीमा विजय उत्सव मनाइदै छ ।

    २०४ वर्षअघि कर्णेल उजिरसिंह थापाको कमाण्डले अंग्रेजहरुलाई पराजित गरे पछि बुटवलको तिनाउ नदी किनारमा रहेको किल्लाको नाम जीतगढी राखिएको थियो ।

    गतवर्षदेखि नेपालले अंग्रेजलाई पराजित गरेको दिन जीतगढीमा विजय उत्सव मनाउन सुरु गरीएको हो । यस पटक पर्सी दोश्रो बिजयोत्सवको दिन जीतगढी किल्ला परिसरमा निर्माण गरीएको कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने र शालिकको छेउँमा विशाल राष्ट्रिय झण्डा फहराइने कार्यक्रम रहेको छ ।

    विजय उत्सव समारोहमा प्रधानमन्त्री ओली सहित पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री इश्वर पोखरेल लगायतका शीर्ष नेता बुटवल आउने कार्यक्रम रहेको छ । विजय उत्सवलाई भब्य बनाउन जितगढीमा बिशेष तयारी गरीएको छ ।
    नेपाली सेनाले तत्कालिन युद्धको प्रदर्शन गर्ने तयारी गरेको छ ।

    बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

    प्रतिकृया दिनुहोस