मन्त्री विष्ट बढिगाडमा र्‍याप्टिङ्ग सलल, ‘माछा मिठो असला’

बुटवल । गुल्मीको मुसिकोट नगरपालिकाले मंगलबार देखि बडिगाड खोलामा ब्यवसायीक र्‍याप्टिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

सो नगरपालिकाले झक्कले एग्रो टुरिजम रिर्सोट प्रा.लि. मार्फत बाग्लुङ्गको बडिगाड गाउँपालिका– २ को खर्वाङ्गका खारापानी देखि मा यसको झेँदी , भुवाचिदी , ग्वादिकाचौर ईनद्रगौडा हुृँदै मुसिकोट नगरपालिका र चन्द्रकोट नगरपालिकाको सिमाना आँपचौरको तल्लाफाँट सम्म र्‍याप्टिङ्ग सञ्चालनमा ल्याएको हो ।

र्‍याप्टिङ्ग सेवाको श्रम रोगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्घाटन गरेका हुन । उद्घाटन समारोहलाई सम्वोधन गर्दै बाग्लुङ्गको बडिगाड गाउँपालिका र गुल्मीको मुसिकोट नगरपालिकाले पर्यटक भित्राउन गरेको पहल प्रति धन्यवाद थिए ।

उनले र्‍याप्टिङ्ग सेवालाई निरन्तरता दिन आफ्नो तर्फबाट सधैव सहयो रहने प्रतिबद्धता जनाउँदै स्थानियवासीलाई पयर्टकहरु तान्दै , रमाउँदै र आयआर्जन लिन आग्रह गरे । मन्त्री विष्ट पहिलो स्टेशन त्यहाँ देखि झेदी सम्म ९ जनाको समुहमा जलयात्रामा रमाएका थिए ।

मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले लुम्विनी आउने पर्यटकहरु यसै बडिगाडको र्‍याप्टिङ्ग गर्दै ढोरपाटन र मुक्तिनाथ सम्म समेत जोड्ने उद्देश्यका साथ यो सेवा सञ्चालनमा ल्याईएको बताए । नगरप्रमुख सापकोटाका अनुसार गत एक बर्षको प्रयास पछि नियमित सञ्चालनमा ल्याउन सफल भएको हो । यसका लागि नगरपालिकाले ८ लाख खर्च गरेको छ ।

बाग्लुङ्ग खर्वाङ्गका खारापानीमा यसको पहिलो स्टेशन रहने छ । त्यहाँबाट झेँदी , भुवाचिदी , ग्वादिकाचौर ईनद्रगौडा हुृँदै मुसिकोट नगरपालिका र चन्द्रकोट नगरपालिकाको सिमाना आँपचौरको तल्लाफाँट सम्म पुग्ने छ । जहाँ बिशाल शहिद पार्क निर्माण हुँदै छ ।

त्यहाँबाट मुसिकोट प्रवेश गर्ने पर्यटकहरु पार्कमा रमाउने छन । त्यस पछि र्‍याप्टिङ्ग मा खर्वाङ्ग पुग्ने छन। दरमखोलाको ‘माछा मिठो असला’ लगायतका अर्र्गानिक खाना खाने विशेष रिर्सोटहरु बन्ने छन । खोला किनारका ठाउँ ठाउँमा स्थानिय परिकार सहितका होमस्टे पनि क्रमशः सञ्चालनमा ल्याईने छ ।

दरमखोला र बडिगाड खोलामा माछाहरु बाहिर निर्यात समेत हुने छ । कफीको उदगम थलो आँपचौरले तल्ला फाँट मै कफी उपलब्ध गराउने छन । र्‍याप्टिङ्ग सञ्चालक समितिका अध्यक्ष चुरनाणी सापकोटाका अनुसारले दैनिक दुई सिप्ट र्‍याप्टिङ्ग सञ्चालन हुने छ ।

करिव ६ किलो मिटर जलयात्रा करिव २ घण्टामा पार गर्ने छन । त्यस नगरपालिका आर्थिक समितिका अध्यक्ष तथा वडाध्यक्ष प्रकाश काफ्ले भन्छन –”आन्तरिक पर्यटकहरुको आकर्षण त बढि सकेको छ । ब्यापक प्रचार पछि बाह्य पर्यटकहरुको घुईचो पनि बढ्ने अपेक्षा लिएका छौं ।”

प्रेम सुनार

सुनार अतिथि सम्पादक हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस