दाङमा आगलागीबाट एक बृद्धको मृत्यु

दाङ । दाङमा आगलागीबाट एक बृद्धको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका ७ छोड्की सिसहनियाका ८० वर्षीय जिउरखन चौधरीको सोमबार राति घरमा सुतिरहेको बेला लामखुट्टे मार्न बालिएको धुपबाट कपडामा आगो सल्किँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले‍ आगलागीबाट घरमा अन्य कुनै क्षति नभएको बताए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस