दाङमा १ सय ५० तोला सुनसहित १ पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिका ५ का ६९ वर्षीय तुलसीराम गुप्तालाई सोमबार राति उनकै घरबाट प्रहरीले करिब १ सय ५० तोला सुनसहित पक्राउ गरेको छ ।

सुन धरौटी राखेर ३० प्रतिशत ब्याजमा पैसा दिने गरेको उजुरी परेपछि प्रहरीले सोमबार राति उनको घरमा छापा मारेको थियो । इलाका प्रहरी तुलसीपुरले घर खानतलासी गर्दा २ सय ६ जनाको सुन धरौटी राखेर पैसा दिएको कागजातसहित सुन फेला परेको  जनाएको छ ।

गुप्ताले सुन धरौटी राखेर ३ करोड बढी रकम लगानी गरेको पाइएको प्रहरीले बताएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस