गैडहवामा मोटरसाईकल र साईकल ठोक्किदा २ घाईते

तारा पौडेल

रुपन्देही । गैडहवा गाँउपालिका वडा नंबर ३ मा हिजो मोटरसाईकल र साईकल एकआपसमा ठोक्किदा २ जना घाईते भएका छन ।

लुम्विनीरोडबाट रामापुर तर्फ आईरहेको लु ४७ प ७२६३ नंबरको मोटरसाईकलले साईकलमा सवार कपिलवस्तु निवासी बर्ष ४५ का शिबकुमार थारुलाई ठक्कर दिदा साईकलमा सवार थारु र मोटरसाईकल चालक मनोज मल्ल घाईते भएको ईलाका प्रहरी कार्यालय सुर्यपुराले जनाएको छ ।

गैडहवा गाँउपालिका वडा नंबर ३ को मंगलपुर चोकमा दुर्घटना भएको हो। घाईतेहरुलाई उपचारको लागी भैरहवा पठाईएको ईलाका प्रहरी कार्यालय सुर्यपुराले जनाएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस