नवलपुरमा बस दुर्घटना: १ को मृत्यु, १० घाइते

नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० स्थित दुम्किबास अरुणखोलाबीच जंगलमा रोकिराकेको ट्रकसँग गएराति यात्रुबाहक बस ठक्कर खाँदा बसमा सवार १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सुनौलीबाट काठमाडौंको लागि छुटेको ना ६ ख २४८१ नम्बरको बस रोकिराखेको ना ६ ख १६१८ नम्बरको ट्रकसँग ठोक्किएको हो ।

दुर्घटनामा परी तनहुको सुक्लागण्डकी गाउँपालिका २ बस्ने २३ बर्षका रामु सुनारको मृत्यु भएको हो । उनको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने ति मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुर र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस