रित्तो बन्यो नयाँ घर, विरहमा पर्यो पुरानो घर

बुटवल । भर्खरै बुटवलको शंकर नरगरमा नयाँ घर बनेको थियो । उमेरमा ४० नकाटेका दम्पत्ती । श्रीमान भारतिय सेनाको लाहुरे । छुट्टीमा आएका बेला नयाँ घर सिंगार्न र घुमघामको पनि चटोरो थियो ।

त्यही क्रममा १० दिन अघि दुई सन्तान सहित बोकेर पुर्खेयौली घर गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्गदीमा बाबु आमा , दाजु भाई , ईस्टमित्र भेट्न आएका थिए ती दम्पत्ती । नयाँ घर भएकोले पनि चैतेदशै उतै मनाउने गरि उनिहरु बिहिवार विहान दर्लिङ्गबाट बुटवलका लागि छुटेको जीपमा चढे ।

त्यसको केहि बेरमा त्यो नयाँ घरमा सर्ने सपना मात्रै चकनाचुर भएन, त्यो सुखत दाम्पत्य जिवनमा नै पुर्णविराम लाग्यो । ती दम्पत्ती थिए ह्वाङ्गदी गाउँका ३२ बर्षिय सुर्य थापा र २६ बर्षिया कौशिला थापा ।

घटना बिहिवार विहानको हो । बिहिवार विहान करिव ८ बजेको समयमा मालिका गाउँपालिका–२ , दर्लिङ्गबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्वरको जीप दुर्घटनामा परे लगत्तै उनिहरुको दाम्पत्य जिवनमा पुर्णविराम लागेको हो ।

सदरमुकाम तम्घासमा शव बुझ्न आएका दरदाजु भाई मध्येका लालबहादुर थापा भन्छन–‘ बुटवलमा बन्दै गरेको नयाँ घरमा चैते दशै मनाउने गरि आज विहान हिडेका हुन । हिडेकै केहि वेर मै त्यस्तो दुखत खबर सुन्दा उनको घर मात्र होईन सिंङ्गो ह्वाङ्गदी गाउँ यति बेला विरहमा परेको छ ।’

उनले भारतिय सेनाबाट बिदा आएको बेला बुटवल बाट ती दम्पत्ती १०/१२ दिन अघि मात्र घर आएको बताए । श्रीमतिको मृत्यु पश्चात घाईते श्रीमान थापाका लागि नयाँ बनेको घर पनि रित्तो बनेको छ । दुई नावालिका छोरीहरु पनि बेसहारा बनेका छन ।

प्रत्यक्षदर्शी एवं उनिहरुलाई उपचारका लागि एम्वुलेन्समा ल्याउने स्थानियवासी गोविन्द घिमिरेका अनुसार दम्पत्ती बिच अन्तिम बोलीका क्रममा उनिहरुले भनेका थिए –‘ के गर्नु हाम्रो भाग्य यस्तै रै’छ….।

मालिका गाउँपालिका–२ , दर्लिङ्गबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्वरको जीप मुसिकोट नगरपालिका–१ , नेटा च्याँनडाँडामा दुर्घटना हुँदा थापा पत्नी सहित गुल्मी कै धुर्कोट गाउँपालिका ५ , वस्तु निवासी ७१ बर्षिय पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीको पनि ज्यान गएको छ ।

त्यस्तै मालिका गाउँपालिका–१ नेटाका ८ बर्षिय बालक ओश्कन भण्डारीको पनि ज्यान गएको छ । बालक बिक चैतेदशै मान्न वामी मैदानस्थि मावली घरमा एक्लै जाँदै थिए ।

प्रेम सुनार

सुनार अतिथि सम्पादक हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस