पहिरोले पुरिएर पाल्पामा डोजर चालकको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा बाटो खन्ने क्रममा पहिरो खसेर पुरिदा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा बाँके जिल्ला बागेश्वरि गाउँपालिका वडानम्बर ४ का ४३ बर्षिय भकबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख भुपाल सिं रानाले जानकारी दिनुभएको छ ।

कालिगण्डकि करिडोर अन्तर्गत बाटो खन्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिएका घाइते थापाको उपचारका निम्ति रामपुर अस्पतालमा ल्याउने क्रममा बाटोमा नै ज्यान गएको प्रहरिको भनाइ छ ।

मृतक को शव पोष्टमार्टमका लागि रामपुर अस्पतालमा राखिएको छ । पोष्टमार्टमपछि शव भोलि परिवारलाई बुझाइने प्रहरीले बताएको छ । घटना आज बिहान १० बजेतिर भएको थियो ।

सिर्जना घिमिरे

घिमिरे पाल्पा संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस