दाङमा जलेर शिशुको मृत्यु

दाङ । आगलागीबाट एक जना शिशुको जलेर मृत्यु भएको छ।

दाङ  जिल्लाको राप्ती गाउँपालिका वडा नं १ बगाहसोती निवासी हिमाल रानाको १ महिनाकी छोरी संगिता रानाको जलेर मृत्यु भएको हो।

आइतबार बेलुका सात बजेतिर हिमालका ४ वर्षीय अमित रानाले सलाइ कोरी खेल्ने क्रममा कपडा बाट बहिनी संगितालाई आगो लाग्न पुगेको जिल्ला प्रहरी प्रवक्ता तथा सूचना अधिकारी विनोद विक्रम शाहले बताए।

‘सानो बालकले सलाइ कोरेर खेल्दै गर्दा बहिनीको कपडामा आगो लागेपछि एक महिनाकी शिशुको जलेर मृत्यु भएको भन्ने खुल्न आएको छ,’ डिएसपी शाहले भने।

आगोले पोलिएर गम्भीर अवस्थाकी शिशुको रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको शाहले जानकारी दिए।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस