थुन्हिया बर्थिङ्ग सेन्टरकी अनमी उषा माथी कुटपिट

दिपक के.सी.

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ मा रहेको थुन्हिया स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा कार्यरत अनमी उषा के.सी. माथी सोमबार राती कुटपिट भएको छ ।

सोमबार राती करिब ११ बजे स्थानीय मोहबुज मुसलमान गरेका व्यक्तिले स्वास्थ्य चौकीको ढोका फोरेर आफुमाथी कुटपिट गरेको के.सी.ले बताइन् ।

पिडित के.सी.ले सोही युवकको बारेमा ३\४ दिन अघि वडा अध्यक्ष रामेश्वर बर्मालाई जानकारी गराएको भए पनि वडा अध्यक्षले गम्भिर रुपमा नलिई सामान्य रुपमा लिएकोले पिडिकले यस्तो हिंसात्मक घटना घटाएको उनले बताइन् ।

रात्रीकालिन सिफ्टमा डिउटीमा रहेकी के.सी.को कुटपिटबाट बायाँ हात समेत भाचिएको छ । अबेर राती ढोका ढकढकाएको आवाज आए पछि आफुले वडा अध्यक्षलाई फोन गरी खबर गरेको भए पनि करिब आधा घण्टा पछि मात्रै स्थानिय र अध्यक्ष आएको उनले बताइन् ।

के.सी. माथी कुटपिट गरी फरार रहेका मुसलमानलाई थुन्हियाको बनढिहवाबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पिडित पक्षले दिने जाहेरीका आधारमा कानुन बमोजिम कारबाही गरिने वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

यता अनमी के.सी माथी भएको कुटपिटको विरोधमा शिवराज नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले विरोध जनाएका छन् । कर्मचारीले वडा नं. ५ को सभाहलमा विरोध सभाको आयोजना गरी कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टी हुनु पर्ने भन्दै पिडकलाई कानुन बमोजिम कारबाही हुनु पर्ने जनाएका छन् ।

थुन्हिया स्वास्थ्य चौकीमा रहेको बर्थिङ्ग सेन्टर अर्को व्यवस्था नहुन्जेल सम्म बन्द रहने र सम्पूर्ण प्राविधिकलाई चनई स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिने शिवराज स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्रीले बताउँनुभयो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस