सूचना प्रविधिको जानकारी दिन मेला आयोजना गरेका हौँ- बिरु क्षेत्री

कप्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) रुपन्देहीको आयोजनामा बुधवार देखि बुटवलमा क्यान ईन्फोटेक सुरु भएको छ । यस अघि छैठो क्यान मेला आयोजना गरेको महासंघले सातौ पटक मेला आयोजना गरेको हो । स्टाटप्स मुख्यप्रायोजन, ए भिजनएपासर टेन्डमाइक्रो एन्टिभाइरसको सहप्रायोजनामा मेला आयोजना गरिएको हो । कप्युटर एसोसिएशन नेपालमहासंघ संरक्षक रहने गरी बुटवलमा आयोजना गरिएको मेलाको बारेमा क्यान महासंघ रुपन्देहीका सचिव बिरु क्षेत्री संग अखबार न्यूज डटकमले गरेको कुराकानीको सम्पादित अंश…

क्यान इन्फोटेक मेला नै किन ?

अहिले मूल आवश्यकता सूचना प्रविधि नै हो । यो बुटवल र यस आस पासका नागरिकका लागि अवसर हो । विश्वमा दिनहुँ नयाँ नयाँ प्रविधिहरु आइरहेका छन् । तिनै नयाँ सूचना र प्रविधिका बारेमा जानकारी दिनका लागि क्यान इन्फोटेक मेला २०१८ को आयोजना गरिएको हो । क्यान महासंघ रुपन्देहीले काण्ठमाडौं उपत्यका बाहिर यसरी सूचना प्रविधिको बारेमा मेला नै गरेर जानकारी गराएको छ ।

इन्फोटेकमा दर्शकहरुको लागि के छ ?

यो मेला अन्य मेला भन्दा फरक मेला हो । अन्य संघसंस्थाहरुले आयोजना गर्ने मेला महोत्सव भनेको व्यपारिक, मनोरञ्जन र घुम्नका लागि हो । क्यान इन्फोटेक सिक्न र नयाँ प्रविधि हेर्न आउने मेला हो । यहाँ सूचना प्रविधिमा भएका नयाँ जानकारी नै यो मेलाको मुख्य आकर्षण हो । अहिले विश्वमा भएका सूचना प्रविधिका पछिल्ला सामाग्रीहरुको बारेमा जानकारी लिनुपर्छ । कप्युटरसँग जोडिएका विभिन्न उपकरणहरुको खरिद बिक्री स्वभाविक रुपमा हुन्छ । तर,यो सँगै मेलामा आउने दर्शकहरुले नयाँ विषय, प्रविधिको बारेमा जानकारी बटुल्न सक्नु हुन्छ ।

मेलाका आकर्षणहरु के–के हुन् त ?

युवा पुस्ताहरुलाई काम लाग्ने धेरै कुराहरु यहाँ पाइन्छ । हामीले पहिलो पटक अत्याधुनिक, सुरक्षित र प्रविधियुक्त नमूना घर मेलामा राखेकाछौं । जुन घर रिमोट कन्ट्रोलमा चल्छ । सूचना र प्रविधिमा भएका पछिल्ला सामाग्रीहरुको प्रदर्शनी । यो बाहेक विभिन्न विद्यालयका वैज्ञानिक आविष्कार पनि  राखिएको छ । यो पटक विशेष गरी विद्यार्थीहरुका लागि काम लाग्ने धेरै विषयहरु मेलामा राखिएको छ ।

मेलामा अन्य के के प्रतियोगीता आयोजना हुदै छन ?

कलेज स्तरीय आईटी हाजिरि जवाफ प्रतियोगीता हुनेछ । १० कक्षाभित्रका विद्यार्थीहरुलाई वेभपेज डिजाइनिङ्ग प्रतियोगिता , विद्यालयस्तरीय खुल्ला नृत्य प्रतियोगिता, कलेज स्तरीय क्यान टेक ट्यालेन्ट, समस्या समाधान गर्ने प्रविधियुक्त सामानको प्रतियोगिता क्यानटेक ट्यालेन्टमा समावेश गरिनेछ ।

मेलामा कति दर्शक र कत्तिको कारोबारको आशा छ ?

हामीले विभिन्न विद्यालय, कलेजबाट विद्यार्थीहरुलाई निःशुल्क पनि प्रवेशको व्यवस्था गरिएकाले दर्शकहरु बढ्छन भन्ने अपेक्षा गरेका छौं । एक लाख दर्शक र २ करोड बराबरको कारोबार हुने हाम्रो आशा छ ।

मेलाका अन्य विशेषता के के हुन?

हामी नाफा कमाउनका लागि मेला आयोजना गरिएको होइन । सूचना र प्रविधिमा भएका पछिल्ला जानकारी आम दर्शकहरुलाई जानकारी गराउने मेलाको मूल उद्धेश्य हो । तसर्थ हामीले यो पटक विद्यार्थीहरुलाई विशेष सहुलियतका साथमा मेलामा आउन आग्रह गरेका छौं । कुनै पनि शैक्षिक संस्थाहरु (विद्यालय, कलेज) को सिफारिसमा विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । हामीले टिकटका लागि शुल्क तोके पनि शैक्षिक संस्थाको सिफारिस लिएर आउँदा जति पनि विद्यार्थीलाई मेलामा प्रवेश निःशुल्क गरिनेछ । विद्यार्थी परिचय पत्रका आधारमा टिकटमा ५० प्रतिशत शुल्क मात्रै लाग्छ ।

यसका अतिरिक्त ५० रुपैयाँको टिकट काटेर मेलाभित्र प्रवेश गर्ने दर्शकको सनराइज बैंकमा खाता खोलिन्छ र त्यो खातामा २ सय रुपैयाँ रकम पनि जम्मा हुने व्यवस्था गरिएको छ । यस्तै दैनिक शुरुमा मेला प्रवेश गर्ने एक सय जनालाई एक हजार रुपैयाँ बराबर पर्ने इन्टरनेट सेक्यूरेटी एन्टिभाइरस वितरण गरिने व्यवस्था पनि छ ।

खल्ती डटकमबाट अनलाइन टिकट खरिद गर्नेले ५० रुपैयाँ क्यास पैसा पाउँछ । टिकटको लक्की ड्रबाट ओटो मोबाइल फ्रिमा उपलब्ध गराइने छ । कुनै पनि स्टाटप्स ब्राण्डका कुनै पनि सामान खरिदमा छुटको मौका पाउनेछन् ।

अन्त्यमा,
म यस क्षेत्रका उद्योगी व्यवासयी, विद्यार्थीहरु, कलेजस्तरका प्रध्यापकहरु समेत मेलामा अवलोकनको लागि आउन सक्नुहुन्छ । खासगरी यो आईटी क्षेत्रमा रुची भएका साथै विभिन्न ग्याजेटहरु खरिदको लागि पनि मेलामा आउनको लागि म आग्रह गर्दछु ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस