विकास निर्माणमा पिछडीएको गाउँपालिका – अध्यक्ष थारु

अयोध्या थारु
अध्यक्ष
सियारी गाउँपालिका,रुपन्देही

स्थानीय निकायका काम कारबाही, विकास निर्माणका गतिविधिहरु के भइरहेका छन् । सरकारले भने जस्तै सिंहदबारको अधिकार गाउँ गाउँमा पुगेको छ त । अखबार न्यूजको स्थानीयनिकायका गतिविधिमा सियारी गाउँपालिकाले के-कस्ता गतिविधिहरु गरेको छ यादव भुसालले गरेको कुराकानी । – स

निवार्चित भएपछि सीयारी गाउँपालिकामा प्राथमिकताका साथ के के काम गर्नु भयो ?

हामी निर्वाचित भएको २ बर्ष बितिसक्यो,जतिबेला हामी संघिय लोकतान्त्रिक व्यवस्था बाट निर्वाचित भएर आयौ हामी सँग कुनै ऐन कानुन नियामावली र कार्यविधीको व्यवस्था थिएन,तर पनि हामीले केहि गर्नुपर्छ, भनेर सोच्यो त्यसमा हामीले एउटा मात्रै निती पारीत गर्यो,त्यो नितीले हामिलाई अगाडी बढ्न निकै सहयोग गर्यो । त्यसमा पनि हामीले सिकेर गर्ने गरेर सिक्ने भन्ने अवधारणा अगाडी बढाएका छौ । हाम्रो गाउँपालिका विकास निर्माणका हिसावले पिछडीएको गाउँपालिका हो । यहाँ आउने जाने कुनै बाटो थिएन्, पहिलो प्राथमिकता हामीले सडक निर्माणमा राख्यौ । सडकको मापदण्ड बनायौ,गाउँ भित्रको बाटोलाई २० फुट,गाउँपालिका बाट अर्को गाउँपालिकामा जाने बाटो ३० फुट, भैलो भुजा सडक खण्डको बाटो ४० फुट कायम गर्ने मापदण्ड अनुसार पहिलो वर्षको बजेट हामीले भौतिक योजना निमार्ण तर्फ बढी मात्रमा सडक निर्माणकालागि बजेट विनियोजन गरेका थियौ । सामाजिक कार्यको लगानीमा शिक्षा क्षेत्रमा पनि हामीले बजेटमा प्राथमिकता दिएका थियौ ।

शिक्षा क्षेत्रमा प्राथमिकतामा लगानी गर्नु भयो ? सुधार केही भो ?

शिक्षाक्षेत्रमा हामीले प्राथमिकताका साथ लगानी त भयो । त्यस भन्दा पहिला देखि नै सबैभन्दा बढी कर्मचारी शिक्षा क्षेत्रमा सबै भन्दा बढी लगानि राज्यको शिक्षामा, शिक्षा सबैभन्दा ठुलो संस्था हाम्रो गाउँपालिकामा बढी पछि परेको पनि शिक्षा नै हो भन्ने हाम्रो बुझाई भयो । यसलाई बुझेर पहिला त हामीले सरकारी विद्यालय र निजी विद्यालय बिचको फरक छुट्टायौ । कस्तो फरक पायौ भने सामुदायिक विद्यालयमा पढ्ने विधार्थी गरिब,पिछडीको वर्गले मात्रै पढ्ने गरेको साथै स्तरिय शिक्षा समेत नभएको पाइयो, त्यसपछि हामीले निजि विद्यालय सँग प्रतिस्पर्धा गर्ने गरी विभिन्न योजना बनाएर अगाडी बढ्यौ,त्यसकालागी हामीले व्यस्थापन समिति,शिक्षक र अभिभावक सँग अन्तरक्रीयागर्ने काम गर्यो अन्तरक्रिया गर्दा के पाइयो भने शिक्षक समयमा नआउने, विद्यार्थीले कापि किताब कलम नल्याउने सबै कुराको अस्तव्यस्ता देखेपछि हामीले नयाँ ढगबाट अगाडी बढ्ने गरी शिक्षक अभिभावक र व्यवस्थापन समिती सँग सहकार्य गरेर कक्षा १ देखी ३ सम्म अध्यन गर्ने २५ वटै विद्यालयका विद्यार्थीलाई कापी, पेन्सिल तथा झोला दिने निर्णय भयो । विद्यार्थीलाई विद्यालय नपढाउने अभिभावकलाई गाउँपालिको सेवा बाट बन्चित गर्ने शिक्षक समयमा आएर गुणस्तरिय शिक्षा उपलब्ध गराउने, कक्षा १ देखि ५ सम्म अङग्रेजि माध्यम बाट अध्यापन गराउने, वालविकासका कक्षाहरु सन्चालन गर्ने,टी.भि जडान गर्ने, जस्ता कार्य अगाडी बढाएका छौ,यस्तो गर्दा अहिले सामुदायिक विद्यालयमा विद्यार्थीको सख्या बढेर दोब्बर हुनुका साथै गुणस्तरीय शिक्षा समेत प्रदान गरेका छौ । शिक्षा क्षेत्रमा हामीले गरेको योग्दानले केहि सुधार आयको अनुभुति गरेका छौं ।

पिछडीएको गाउँपालिका भन्नु हुन्छ ? स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ ?

स्वास्थ्य क्षेत्रमा पनि हामीले धेरै कामहरु अगाडी सारेका छौ । अहिले भर्खरै  स्वास्थ्य स्वयंम सेविकाहरुको सुविधामा बृद्धि गरिएको छ ।  स्वास्य स्वयंम सेविकाहरुलाई मासिक भत्ता स्वरुप अहिले ६ सय रुपैयाबाट बृद्धि गरि १ हजार रुपैया पुरायका छौं ।
उहाँहरुलाई तराईमा यातायातका साधनहरुको समस्या पर्ने भएकाले साइकलको व्यवस्था समेत गरिएको छ । यहाँका ३ वटा स्वास्थ्य चौकिमा ल्याब उपलब्ध गराउने, कम्तिमा २५ शैयाको व्यवस्थीत अस्पताल बनाउने,साथै हामीले आखाँको उपचारकोलागी रण अम्बिका आखाँ अस्पताल संग साझेदारी गरेर अमुवा बजारमा उपचार सुरुवात गरि सेवा प्रदान गरि सकेका छौं । त्यसमा पनि हामिले विपन्न वर्ग,अपाङ्ग र बृद्ध बृद्धालाई निःशुल्क मोतिया विन्दुको उपचार गर्नको लागी रकम व्यवस्था गरेका छौ, महिलाहरुको स्वास्थ्य सेवाकोलागी पनि समय समयमा निशुल्क स्वास्थ्य शिविरहरुको सन्चालन गरेका छौ । यि सबै विषयहरुलाई हेर्दा स्वास्थ्य क्षेत्रमा पनि उपलब्धिहरु भएको महसुस गरेका छौं । आगामी दिनमा यसलाई सुधार गर्दै लैजाने योजना छ ।

लुम्बिनी संग पनि नजिकै रहेको गाउँपालिका,पर्यटन क्षेत्रमा विकासका कस्ता केहि कामहरु भएका छन् ?

हामीले सबैभन्दा पहिला त यस क्षेत्रलाई केन्द्रयी तहबाटै माछाको लागी सुपर जोन घोषणा भयो , साथै दुधको लागि पनि हामीलाई प्रदेश सरकारले स्मार्ट गाउँपालिका घोषणा गरेको छ । हामीले दुध बाट बन्ने परिकारहरुलाई उत्पादन गर्नको लागी पनि एउटा समुह बनाएका छौ, फलफुलका लागी २५ बिगाहा मा केरा उत्पादनको लागी समुह बनाएका छौ त्यो समुहको लागी प्लान्ट जडान गर्नको लागि ३५ लाख रुपैया गाउँपालिकाले उपलब्ध गराएको छ । हामीले विषादी रहित केरा उत्पादन गर्ने भएका छौ । युवा युवती स्वरोगार कार्यक्रम अन्तरगत विषेश गरी विदेश बाट फर्किएका पुन विदेश नजाने गरी २५ जना लाई ड्राइभिन तालिम सहीत ५० प्रतिशत अनुदानमा गाडी उपलब्ध गराउने निर्णय गरेका छौ । पर्यटन क्षेत्रलाई अगाडी बढाउनको लागी पनि सोहि अनुरुप २५ जना युवा युवती लाई वैदेशिक भाषाको गाईडको तालिम दिएका छौ,जसले गर्दा पर्यटन क्षेत्रलाई थप सहयोग पुग्ने छ ।

यस गाउँपालिकाको मुख्य आयस्रोत के हो ?

हामीसँग त्यस्तो आयस्रोत भनेको २ वटा नदि , तिनाउ नदि र दानव नदि मुख्य रुपमा यस गाउँपालिकाको स्रोत हो । त्यसलाई पनि स्थायी रुपले चलाएका छैनौ, किनभने हामी खोला प्रति सजक छौ,अर्को पक्ष भनेको त्यहापनि गिटी वालुवा छैन,त्यसकारण हामीले यस गाउँपालिकालाई धार्मिक पर्यटन स्थलको रुपमा अगाडी बढाएर विषेश गरी हामी कहाँ भएको वुद्ध बिहार भित्र पार्क,त्यहाँ बाट बग्ने नदिमा बोटिन सच्चालन गर्ने र चिलिया जंगललाई पर्यटन क्षेत्रको रुपमा अगाडी ल्याएर आन्तरिक स्रोत बढाउने योजना हामीसंग छ । लुम्बिनी घुम्न आउने पर्यटकलाई पनि यस क्षेत्रमा आकर्षण गराउनुको साथै यहाँ भएका व्यवसायिलाई करको दायरामा ल्याउने कार्य पनि अगाडी बढीरहेको छ ।

गाउँपालिकाको विकास बजेट रकम कति रहेको छ ?

गाउँपालिकाको विकास बजेट तर्फ २२ करोड रहेको छ । यसमा पनि हामिले विषेश गरेर यस क्षेत्रका महिला हरुलाई व्यवसायिक आत्मनिर्भर बनाउनको लागी विभिन्न व्यवसायिक तालिमहरु पनि सच्चालन गरिरहेका छौ । जसका लागी ढाका बुन्ने तालिम,अचार बनाउने तालिम दिने र उद्योग सन्चालनको लागि केहि रकम अनुदान दिने,यहाँ सन्चालित अगरबत्ति उद्योग लाई पनि प्रोत्सान स्वरुप केहि रकम अनुदान दिने जस्ता कार्यहरु समावेश गरिएको छ ।

अहिले सम्म गरेका कुन कुन काममा तपाई बढि सन्तुष्ट हुनु हुन्छ ?

सबै भन्दा बढी खुसी शिक्षा क्षेत्रमा भएको सफलतामा हो,त्यसपछि सबै प्रतिनिधि तथा कर्मचारीलाई मिलाएर अगाडी बढेकोमा खुसी छु । साथै पहिलो संघिय निर्वाचित जनप्रतिनिधीको रुपमा काम गर्न पाउदा खुुुुसी पनि लागेको छ ।

यादव भुसाल

भुसाल रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस