बेलायत जान २० हजार चिनियाँको आवेदन

एजेन्सी ।  बेलायती विश्वविद्यालयमा अध्ययनका लागि चीनका १९ हजार ७६० जनाले आवेदन दिएका छन्।

आवेदन दिनेको यो संख्या अघिल्लो वर्षको भन्दा ३० प्रतिशत बढी भएको ‘चाइना डेली’ले शनिबार लेखेको छ। बेलायती विश्वविद्यालयमा अध्ययनका लागि उत्तरी आयरल्यान्डबाट भन्दा चीनबाट बढी विद्यार्थीको आवेदन परेको यो पहिलो पटक भएको बताइएको छ।

उत्तरी आयरल्यान्डबाट १८ हजार ५२० मात्र विद्यार्थी आउने अपेक्षा गरिएको कलेज तथा विश्वविद्यालयका प्रशासन स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको छ।

त्यसैगरी युरोपियन युनियनआवद्ध देशहरुबाट पनि विद्यार्थी अध्ययनको क्रममा बेयलायत जाने क्रम बढेको अधिकारीले जनाएका छन्।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस