लेबनानबाट फर्के सिरियाली शरणार्थी

बेरुत । लेबनानबाट ९ सय भन्दा बढी सिरियाली शरणार्थी बिहीबार आ –आफ्नो घर फर्केका छन्।

लेबनानको राजधानी बेरुतसहित सिडोन र बेकाआबाट ती शरणार्थीहरु फर्केका यहाँको स्वतन्त्र पत्रिका एल्नासराले जनाइएको छ।

लेबनानी सेनाको निरीक्षणमा ती शरणार्थीहरु फर्केका बताइएको छ। फर्केका ती शरणार्थीहरुको नामावली संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च आयोग (युएनएचसिआर) ले सिरियामा रहेका युएनएचसिआरको शाखा कार्यालयलाई जानकारी दिएको छ।

ती शरणार्थीहरुलाई कुनै प्रकारको सहयोगको आवश्यता परेमा सो सिरियामा रहेको युएनएचसिआरको कार्यालयले सहयोग गर्ने बताइएको छ। लेबनानमा शरणार्थीको रुपमा दर्ता भएका सिरियाली शरणार्थीको सरकारको अनुमानित सङ्ख्या ९ लाख ७६ हजार रहेको युएनएचसिआरले जनाएको छ । तर लेबनानमा १५ लाख सिरियाली शरणार्थी रहेका छन्।- सिन्ह्वा

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस