पाकिस्तानमा १ पत्रकारको गोली हानी हत्या

एजेन्सी । पाकिस्तानको एक समाचार संस्थामा कार्यरत पत्रकारको गोली हानी हत्या भएको छ।

बुल न्युजमा कार्यरत मुरीद अब्बास कराची स्थित स्थानीय क्याफे अगाडि मंगलबार साँझ गोली हानी हत्या भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

जियो न्युजका अनुसार सेतो कारमा आएका व्यक्तिले उनीमाथि गोली प्रहार गरेका हुन्। पत्रकारमाथि गोली चलाउने आक्रमणकारीले आफैमाथि पनि गोली चलाएर घाइते भएको समाचारमा जनाइको छ।

आक्रमणकारीको नाम आतिफ जमा रहेको जनाइएको छ। आफ्नै आक्रमणबाट घाइते आक्रमणकारीको उपचार भइरहेको छ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस