अमेरिकालाई बेवकुफ बनाउन कसैले सक्दैनन्: ट्रम्प

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकमा निर्मित मोटरसाईकलमाथि भारतले चर्को कर लगाएको भन्दै विरोध गरेका छन् ।

अमेरिकी मोटरसाइकल हार्ले डेविडसनमाथि भारतले कर लगाएकोमा उनले आपत्ति जनाएका हुन् । भारतले उक्त मोटरसाईकलमाथिको कर १०० प्रतिशतबाट घटाएर ५० प्रतिशतमा झारे पनि त्यो बढी भएको उनको भनाई छ ।

‘मेरो अगुवाईमा अमेरिकालाई अब अझै बेवकुफ बनाउन कसैले सक्दैनन् । अमेरिका बेवकुफ देश होइन,’ सीबीएस न्युजसँगको सोमबारको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘भारत हाम्रो असल मित्र हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक फोनकै भरमा मोटरसाईकलमाथिको कर एक सय प्रतिशतबाट ५० प्रतिशतमा त झारेका छन्, तर यो पर्याप्त छैन । हामी उनीहरुको मोटरसाईकलमा कुनै कर लगाउँदैनौ भने हाम्रोमा किन कर लगाउने रु यो स्वीकार्य छैन ।’ -एजेन्सी

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस