मृत्युदण्ड दिइएको उत्तरकोरियाली अधिकारी सर्वोच्च नेता कन्सर्टमा उनसँगै

उत्तरकोरिया । मृत्युदण्ड दिइएको भनिएका उत्तरकोरियाली परराष्ट्र मामिला सम्बन्धि अधिकारी किम हायोक चोल सर्वोच्च नेता किम जोङ उनसँगै देखा परेका छन् । एउटा सांगितिक कार्यक्रममा उनीहरु सँगै देखा परेका हुन् ।

बिबिसीका अनुसार उपस्थिति पुस्तिकामा चोलको नाम भएको पुष्टि भएको छ । यस्तै उत्तरकोरियाको सरकारी सञ्चारमाध्यमले तयार पारेको भिडियो फुटेजमा पनि नेता उन र चोलसँगै देखा परेको पुष्टी भएको छ ।

यसअघि दक्षिण कोरियाली सञ्चारमाध्यमले चोलसहित चार अधिकारीलाई उत्तरकोरियाले मृत्युदण्ड दिएको समाचार सार्वजनिक गरेका थिए । तर, चोल सार्वजनिक समारोहमा देखा परेसँगै यो दाबी गलत भएको पुष्टि भएको छ ।

गत फेब्रुअरीमा भियतनामको हानोइमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ता असफल भएपछि चोलसहित ४ जनालाई मृत्युदण्ड दिइएको समाचार दक्षिण कोरियाली सञ्चारमाध्यामले सार्वजनिक गरेका थिए । -एजेन्सी

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस