मुख्यमन्त्री आदित्यनाथलाई चुनावी अभियानमा प्रतिबन्ध

नयाँ दिल्ली । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भारतको निर्वाचन आयोगले चुनावी अभियान सञ्चालनमा रोक लगाएको छ। आउँदो महिना सम्पन्न हुने भारतको लोकसभा निर्वाचनमा धार्मिक समुदायबीच घृणाको वातावरण सिर्जना हुने अवस्था रोक्ने उद्देश्यले मुख्यमन्त्री आदित्यनाथलाई तीन दिन चुनावी अभियान सञ्चालनमा रोक लगाएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का कट्टर हिन्दू राष्ट्रवादी नेता योगी आदित्यनाथले मुस्लिम समुदायविरुद्ध अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले उनीमाथि रोक लगाएको बताइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वासपात्रसमेत रहेका योगी आदित्यनाथलाई निर्वाचन अभियानका क्रममा उनले गरेको सम्बोधनलाई लिएर यसै महिना सचेत पनि गराइएको निर्वाचन आयोगद्वारा सोमबार जारी आदेश उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

निर्वाचन अभियानअन्तर्गत गत साता भएको एउटा चुनावी सभामा सम्बोधन गर्दै योगी आदित्यनाथले मुसलमान मतदातालाई ‘ग्रिन भाइरस’को संज्ञा दिएका थिए। उनले सम्बोधनका क्रममा मुसलमान मतदाता विपक्षी पार्टीहरूबाट सञ्चालित रहेको आरोपसमेत लगाएका थिए। -एजेन्सी

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस