दाङमा डेंगुका १५ जना बिरामी

दाङ । देशभर डेंगुका बिरामी फेला परिरहेको समयमा दाङमा पनि डेंगुका बिरामी फेला परेका छन् । यसले दाङ जिल्लालाइ पनि डेंगुको उच्च जोखिमको संकेत गरेको छ । समयमै सावधानी नअपनाए यसले महामारीको रुप लिन सक्ने पनि सर्वत्र त्रास फैलिएको छ । तर डेगु नियन्त्रणका अभियानमा स्थानीय सरकारले भने खास्सै चासो देखाएका देखिदैन ।

भदौको ४ गतेदेखिहालसम्म दाङका तीन स्थानीय तहमा १५ जना डेंगुका विरामीहरु फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिकामा डेंगुका बिरामी फेला हुन ।

डेगु प्रवावित जिल्लाहरु मध्ये घोराही उपमहानगरपालिकामा ७ जना, तुलसीपुर उपमहानगरपालिकामा ६ जना र बबई गाउँपालिकामा २ जना बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगु रोग नियन्त्रण कार्यक्रमका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन । उनका अनुसार एक जना विरामीको ठेगाना अझै पहिचान हुन सकेको छैन । ‘पछिल्लो दुई हप्ताको विचमा जिल्लामा दश जना बिरामीहरु भेटिएका छन’,फोकल फर्सन चन्दले भने,‘त्यस मध्य तीन जना उपचारका लागि जिल्ला बाहिर जानुभएको छ भने बाँकी बिरामी उपचारपछि घर फर्किनुभएको छ ।’ डेंगु रोगका बिरामीहरु फाट्टफुट्ट रुपमा भेटिने क्रम बढि रहेको समेत बताए ।
बिरामीहरुको घोराहीमा दिपज्योति, गोर्खा र बुद्ध हस्पीटलमा उपचार गराईरहेका छन भने तुलसीपुरमा राप्ती लाईफ केयर र तुलसी अस्पतालमा उपचार गराएका छन । बिरामीहरु मध्य अधिकांस उपचारपछि घर फर्किएको समेत बताए । ‘डेंगु रोगको लक्षण देखिएका विरामीहरु उपचारपछि अधिकांस घर फर्किनुभएको छ’,उनले भने,‘घर फर्किएका बिरामीसँग हामी नियमित सम्पर्कमा छौँ, उहाँहरुको अवस्था सामन्य छ ।’ त्यस्तै उनले डेंगु रोगका बिरामीहरु खुल्न नचाहने भएका कारण पनि समस्या देखिन सक्ने बताए ।

यसै सन्दर्भमा दाङ अघिल्लो पांच बर्षदेखिनै डेंगुको उच्च जोखिममा थियो । डेंगुका कारण २०७२ सालमा देउखुरी गोवरडियामा एक जना महिलाको मत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । त्यसपछि जिल्लामा डेंगुका कारण मृत्यु भएको छैन । कार्यालयका अनुसार २०७३ सालमा नौ जना र ०७४ सालमा आठ जना डेंगुका बिरामीहरु फेला परेका थिए । २०७५ सालमा सून्य अवस्थमा रहेको डेंगु रोगका बिरामी यसबर्ष भने बिगतको तुलनामा बढेका छन ।
स्वास्थ्य कार्यालयमा बजेट छैन।

देश सघीय संरचनामा गएसँगै जनस्वास्थ्य कार्यालयका अधिकार पनि स्थानीय तहमा गएका छन । अहिले स्वास्थ्य कार्यालयका रुपमा रहेको कार्यालयले जिल्लामा समन्वयका रुपमा मात्र काम गर्ने गरेको छ । ‘जिल्लामा भेटिएका बिरामीहरुको तथ्याङक संकलन गर्ने काम मात्र कार्यालयले गरेको छ’,फोकल पर्सन चन्दले भने,‘कार्यालयसँग बजेट नहुँदा कार्यापनि केही छैनन् ।’ अहिले बिरामीहरुको रेकर्ड लिने मात्र काम गरेको उनले बताए ।
महामारीको अवस्था छैन।

डेंगु रोगका कारण महामारी जिल्लामा नरहेको बताए । महामारी भन्नाले न्यूनतम एउटै रोगका एउटै टोल वा गाउँमा एकै समयमा दश भन्दा बढि विरामीहरु भेटिएको अवस्थामा महामारी भन्न सकिने भएपनि जिल्लामा त्यस्तो अवस्था नरहेको बताए । ‘जिल्लामा दश जना बिरामीहरु भेटिएपनि फरक फरक ठाउँका हुनुहुन्छ’,उनले भने,‘त्यसैले जिल्लामा महामारीको अवस्था छैन ।’ उनले डेंगु रोगबाट बच्न सचेत हुन समेत सम्पुर्ण जिल्लावासी नागरिकहरुलाई आग्रह गरेका छन । डेंगु रोग एडिस जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने भएकाले यसबाट बच्नका लागि घरवरी परि पानी जम्ने ठाउँ पुर्ने,सचेतना फैलाउनेलगायतका गर्न सकिने समेत बताए ।

चिकित्सकका अनुसार डेंगुको संक्रमण भएका व्यक्तिहरुमा उच्च जरो आउने, रिंगटा लाग्ने, जोर्नीहरुमा दुखाई बढि हुने, वान्ता हुने, रोग संक्रमित व्यक्तिको रक्तचांँप न्युन हुने तथा संक्रमण फैलनै गएको अवस्थामा आन्तरिक रक्तश्राव समेत भएर शरिररैभरी घाउ हुने जस्ता समस्या देखिने बताएका छन ।

लिलाधर वली

वली दाङका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस