विश्व फिजियोथेरापी दिवस

बुटवल।विश्व फिजियोथेरापी दिवसको पूर्व सन्ध्यामा गुरांस हस्पिटलले शनिवार पत्रकार सम्मेलन गरि प्राकृतिक चिकित्सा फिजियोथेरापी जस्ता औषधिबिहिन उपचार पद्वतिबाट सहज र सर्बशुलभ रुपमा उपचार गर्दै आएका जनाएको छ । दिवसको अवसरमा गुराँस हस्पिटल प्रा.लि.बुटवल ढवाहले १०२ जना विरामीको निः शुल्क फिजियोथेरापीको उपचार सेवा प्रदान गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढवाहमा विसं २०७५ बैशाख १ गतेबाट औषधी विहीन रुपमा गुराँस हस्पिटल प्रा.लि.ले बिरामीहरुको उपचार सेवा सञ्चालनमा आएको हो ।
स्थापनाको एक वर्षको अवधीमा रुपन्देही लगायत देशका विभिन्न ठाउँबाट आएका ३ हजार १७४ जनाको बाहिरंग र १ हजार २६९ जनाको अन्तरंग उपचार सेवा प्रदान गरेको पत्रकार सम्मेलनमा हस्पिटलकी अध्यक्ष सरस्वती पन्थी भुसालले बताउनु भयो ।अस्पतालले उपचारमा आएका ८० प्रतिशत विरामीलाई उपचार गरी निको बनाई घर पठाएको समेत दावि गरेको छ ।
प्राकृतिक चिकित्सा पद्वतिमा अनुभव प्राप्त विशेषज्ञबाट दैनिक रुपमा ४० देखि ५० जना विरामीको उपचार गराईरहेको हस्पिटलका कार्यकारी निर्देशक नारायण भुसालले बताउनु भयो ।अस्पत्तालमा बिशेष गरि हाँडजोर्नी नशा प्यारालाइसिस ढाड तथा गर्धनमा नशा च्यापिएको पेट छाला मुटु स्त्री तथा मानसिक रोगका विरामीको उपचार प्रभावकारी हुने गरेको हस्पिटलका निर्देशक डा. सुजन कण्डेलले बताउनु भयो ।
हस्पिटलका फिजियोथेरापी बिभाग प्रमुख डा.सुमन केसीले हस्पिटलमा विशेष गरि दीघ रोगीका विरामी बढी आउने र सवा पनि प्रभावकारी भएको हस्पिटलका फिजियोथेरापी बिभाग प्रमुख डा.सुमन केसीले बताउनु भयो ।
काठमाण्डौ उपत्यका बाहिर बुटवलमा पहिलो पटक प्यारालाईसिस भएका विरामीहरुको उपचारमा असाध्यै प्रभावकारी मानिने बडी वेट सपोर्ट गेट ट्रेनिङ मेशिनको हस्पिटलमा भर्ना भइ उपचारत ९३ वर्षीय मोतिकला कार्कीबाट शुभारम्भ गरिएको छ ।हस्पिटल रहेको प्रांगणमै १ कठठ जग्गामा ५ तला लिफ्ट सहितको रिहयाविलिटेशन तथा अन्तरंग भवन निर्माण शुरु गरेको छ।
त्यसै गरि अर्घाखांचीको सितगंगा नगरपालिका २ को शुवर्णखालमा १ सय ७८ रोपनी जग्गा खरिद गरिएको र छिट्टै अर्गानिक तरकारी तथा फलफुल उत्पादन गरी अस्पतालका विरामीहरुलाई खुवाउने तथा बढी उत्पादन भएमा बाहिर बजारमा विक्री गर्ने लक्ष्य लिएको अस्पतालले जनाएको छ । हस्पिटलले चिकित्सक ,नर्श तथा प्रशासनिक गरि ३९ जना कर्मचारिलाई रोजगारि प्रदान गरेको हस्पिटलले जनाएको छ ।
जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस