घरमै पुगेर जेष्ठ नागरिकको उपचार

प्यूठान । प्युठान नगरपालिकाले नगरक्षेत्र भित्रका ६० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै पगेर स्वास्थ्य सेवा दिएका छन् ।

नगरक्षेत्रमा रहेका बासिन्दालाई स्वास्थ्यको पहुँचमा पुर्याउन नगरपालिकाले पाँचौ नगरसभाबाट यो निर्णय पारित गरेको नगरप्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिए । नगरक्षेत्रका जेष्ठनागरिकहरुको स्वास्थ्य पहिचान,उपचार तथा सचेतना जगाउने उदेश्यसहित यो निर्णय गरिएको नगरप्रमुख कक्षपतिले बताए ।

स्वास्थ्य उपचार सेवाको सोमबार प्युठान नगरपालिका–३ डाँडागाउँबाट सुभारम्भ गरिएको छ । नगरका १० वटै वडामा यो कार्यक्रम गरिने नगरप्रमुख कक्षपतिले बताए । जेष्ठनागरिकलाई विकासको अनुभूति दिलाउनका लागि यो सेवाको सुचारु गरेका हौँ, नगरप्रमुख कक्षपतिले भने,–‘नगरका १० वटा स्वास्थ्य संस्थाबाट यो सेवा प्रवाह गर्छौँ ।’ गरिबी तथा जनचेतनाको कमिले गर्दा जेष्ठनागरिकहरु स्वास्थ्य संस्था जानुहुन्न, उनले भने,–‘जेष्ठनागरिकलाई स्वास्थ्यको पहुँचमा राख्नका लागि यो अभियान सुरुवात गरेका हौँ । ’

नगरपालिकाले यो कार्यक्रम मार्फत नगरपालिकामा कस्ता खालका बिरामीहरु छन् भन्ने थाहाँ हुने नगरप्रमुख कक्षपतिले बताए । स्वास्थ्य अवस्थाको स्थिती,डाटा संकलन, जनताको अवस्था पत्ता लगाईने कक्षपतिले बताए ।

नगरपालिकाले यो सेवा दिनका लागि महिनाको १० दिन छुट्टाएको छ । स्वास्थ्य संस्थाको एक जना कर्मचारीलाई दैनिक दुईसय रुपिँया भत्ता दिई घरमै सेवा दिन पठाउने छौँ,कक्षपतिले भने,–‘कर्मचारी नपुगेमा र दिन नपुगेमा वढाउने योजना छ । ’

जेष्ठनागरिक संगै अरु बिरामीलाईपनि स्वास्थ्य सेवा दिईने नगरप्रमुख कक्षपतिले बताए । स्वास्थ्यको पहुँच वृद्धि गर्न, नीजीमा उपचार गराउने बिरामीलाई निशुल्क औषधीको बारेमा जानकारी दिन यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको उनले बताए ।

सेवाको सुभारम्भमा डाँडागाउँकी ६८ वर्षिय शान्तादेवी कुमालको स्वास्थ्य जाँच गरिएको छ । सापडाँडा स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी, नगरप्रमुख, वडा अध्यक्ष, वडा सदस्य लगाएतको उपस्थितीमा उनको स्वास्थ्य जाँच गरिएको हो ।

चेकजाँचमा कुमालको वल्ड प्रेसर र आँखाको समस्या देखीएको साँपडाडा स्वास्थ्य चौकीका ईन्चार्ज गोविन्दराज घिमिरेले जानकारी दिए । उनलाई भिटामिन सी , स्वास्थ्य शिक्षा र थप औषधीका लागि स्वास्थ्य संस्थामा सम्पर्कका लागि अनुरोध गरेको उनले जानकारी दिए ।

वडामा क्षयरोगका बिरामी बढी
प्युठान नगरपालिका–३ मा क्षयरोगका विरामी बढी रहेको एक तंथ्याकले बताएको छ । आर्थिक वर्ष ०७५/०७६ मा यस वडामा ३४ जना क्षयरोगीका विरामी भेटिएको साँपडाडा स्वास्थ्य चौकी प्रमुख गोबिन्दराज घिमिरेले जानकारी दिए । डाँडागाउँमा पनि तीन जना क्षयरोगको बिरामी भेटिएको र औषधी उपचार भएको उनले बताए ।

औषधी पुरा नखाने, सरसफाईको कमि, खानपानको समस्या लगाएतले गर्दा क्षयरोगका बिरामी बढेको उनले बताए । घरमै दिने सेवाले यस्ता रोगको कमि ल्याउन मद्धत पुग्ने विश्वास लिएको उनले बताए । वडा नंम्बर तीनमा २० वर्ष मुनीका १७ जना गर्भवती भएको तथ्यांक रहेको उनले बताए ।

अब चेतनामूलक कार्यक्रम गर्ने
प्युठान नगरपालिकाल वडा नंम्बर तीनले वडाका बासिन्दालाई स्वास्थ्य जागरण फैलाउन चेतनामूलक कार्यक्रम गर्ने वडा अध्यक्ष प्रेमबहादुर हमालले बताए । वडाबाट यो कार्यक्रमका लागि एक लाख ५० हजार रुपिँया बजेट विनियोजन गरेको उनले बताए ।

त्यस्तै वडाले स्वास्थ्य संस्थामा गर्भवती हुने महिलालाई थप एक हजार रुपिँया दिने निर्णय गरेको छ । पहिलेदेखी पाउदै आएको दुई हजार आँठ सय रुपिँयामा थप एक हजार दिईने वडाअध्यक्ष हमालले बताए ।

५ नंम्बर प्रदेश सरकारले ८४ वर्ष माथिका जेष्ठनागरिकलाई घरमै पुगी स्वास्थ्य सेवा दिने कार्यक्रम अगाडी वढाईरहेको समयमा प्युठान नगरपालिकाले ६० वर्ष माथिका जेष्ठनागरिकलाई घरमै स्वास्थ्य सेवा दिने कार्यक्रम जिल्लामै नौलो हो ।

राधिका भुसाल

भुसाल प्युठान संवाददाता हुन्।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस