घरमा सुत्केरी गराउनेको संख्या शुन्य

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत शिवपुर स्वास्थ्य चौकीमा एक वर्षमा ३ सय ८३ जनाले प्रसुती गराएका छन ।

आर्थिक वर्ष ०७५/७६ मा ४ सय ४३ जना भर्ना भएका मध्ये ३ सय ८३ ले यसै चौकीमा प्रसुती गराएको स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले बताए । भर्ना भएका मध्येबाट ५७ जनालाई अन्य ठाउँमा रिफर गरिएको छ । शिवपुर स्वास्थ्य चौकीले यस गत वर्ष देखी प्रभावकारी रुपमा काम गरिरहेको छ । गत वर्षको तथ्याङक हेर्दा घरमा सुत्केरी गराउनेको संख्या शुन्य रहेको छ । २४ घण्टे प्रसुति सेवा भएकोले सेवा प्रभावकारी रहेको पाइएको हो ।

चौकी अन्तरर्गत रहेको महिला स्वयसेविकाहरुलाई परिचालन गरि उक्त क्षेत्रमा रहेका गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ल्याउने र सुरक्षीत प्रसुति गराउने गरेको प्रमुख पौडेलेले बताए । एक वर्षको अवधिमा उमेर नपुगी वच्चा जन्मीएका ६ जना शिशुको मृत्यु भएको छ । उमेर अपरिपक्क,पोषणको कमी लगाएतका कारण ति शिशुहरुको ज्यान गएको पौडेलले बताए ।

यस स्वास्थ्य चौकीमा एक वर्षको अन्तरालमा २० वर्ष नपुगेका ७१ जनाले प्रसुती गराएका छन । नेपाल सरकारले २० वर्ष उमेर नपुग्दै विहे गर्न नपाउने भनेपनि यसलाई व्यावहारमा उतार्न सकिएको छैन । उमेर नपुग्दै विहे हुन्छ त्यसपछी गर्भवती हुदाँ आमा र शिशुको स्वास्थ्यमा नै समस्या देखा पर्ने गरेको प्रमुख पौडेलले बताए । यस स्वास्थ्य चौकीमा सुरक्षीत गर्भपतन गराउनेको संख्या ९८ रहेको छ ।

शिवपुर स्वास्थ्य चौकीले गर्भवती महिलाको पहिचान गर्नको लागी निलो झण्डा अभियान समेत गरेको छ । आफ्नो क्षेत्रभित्र रहेको गर्भवती महिलाहरुको पहिचान गर्न सहज होस भन्ने उद्देश्यले उक्त कार्यक्रम लागु गरिएको वडा नं. १ का अध्यक्ष जगत बहादुर क्षेत्रीले बताए । बालविवाह रोक्न प्रयास भइरहेको समेत उनले बताए । वर्ष उमेर नपुगेका ७१ जना किशोरीहरुले प्रसुति गराउने विषय दुखद रहेको भन्दै यसलाई रोकथाम गर्न सबैले सहयोग गर्नुपर्ने जनाए ।

माधव बेल्वासे

बेल्वासे कपिलवस्तुका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस