रुनु पनि एउटा फाइदा हो

बुटवल  । परिस्थिति अनुसार दुःख वा खुसीमा रुने गरिन्छ । रुनु सामान्य भावनात्मक प्रतिक्रिया हो । हाम्रो समाजमा रुने मानिसलाई कमजोर मुटु भएको भन्ने गरिन्छ । तर, यो सत्य होइन, अध्ययनका अनुसार आँसु झार्नु शरीर र दिमागका लागि निकै फाइदाजनक हुन्छ ।

जानी राखौँ रुनुका केहि फाइदा:

– पीडा कम गराउँछ

रुँदा शरीरमा भएको ओक्सिटोकिन र इन्डोजिनियस नामक पीडाको हर्मोन आँसुको माध्यमबाट बाहिर आउँछ । त्यसैले, रोएपछि स्वतः पीडा कम हुन्छ । शारीरिक र भावनात्मक दुवै पीडालाई कम गर्न मद्दत गर्छ । पीडा भएका वेला रोएमा एकछिनमै शान्त महसुस गराउँछ ।

– आँखा सफा राख्छ

रुँदा तीन किसिमका आँसु झर्छन् । रिफ्लेक्स, लगातार भरिरहने र भावनात्मक आँसु । रिफलेक्स आँसुु धुलो–धुवाँ आदिका कारण झर्छ । यसले आँखामा पसेका वस्तुलाई बाहिर निकाल्छ । निरन्तर झर्ने आँसुले आँखामा हुने संक्रमणबाट बचाउँछ । यसमा करिब ९८ प्रतिशत पानी हुन्छ । त्यस्तै, भावनात्मक आँसुमा तनाव हर्मोन र अन्य विषाक्त वस्तु बाहिर आउँछन् ।

– दृष्टिमा सुधार

रुँदा आँसुले ब्याक्टेरियालाई मार्ने भएकाले आँखामा संक्रमण हुनबाट बचाउँछ । त्यस्तै, आँखामा भएका विभिन्न रसायन बाहिर आउने भएकाले दृष्टिको समस्या निकै कम हुन्छ ।

– तनाव कम

रुनुको प्रमुख कारण तनाव हो । रुँदा तनाव हार्मोन तथा अन्य रसायन सक्रिय हुने भएकाले आँसुको माध्यमबाट बाहिर निस्कन्छन् । जसले गर्दा तनाव स्वत: कम हुन्छ ।

– निद्रा पर्छ

विशेषगरी, रुने बच्चामा राम्ररी निद्रा पर्छ । दिउँसोको समयमा बढी रुने बच्चा राति निदाउँछन् । जसले गर्दा उनीहरू स्वस्थ हुन्छन् । त्यस्तै, रुँदा वयस्कहरूमा पनि मन हलुंगो हुने, तनाव हराउने र मुड राम्रो हुने भएकाले निद्रा मज्जाले पर्छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस