३ सयभन्दा बढी बालबालिकामा कुपोषण

दाङ  । दाङमा कुपोषणको उच्च जोखिम देखिन थालेको छ  । सुआहारा परियोजनाकाअनुसार चालू आर्थिक वर्षमा मात्र जिल्लाका तीन सयभन्दा बढी बालबालिकामा कुपोषण भेटिएको छ ।

परियोजनाका फिल्ड संयोजक सञ्जयकुमार चौधरीले दाङमा कुपोषणको डरलाग्दो अवस्था रहेको बताउनु भयो  । कुपोषण न्यूनीकरणका लागि स्थानीय तहले प्राथमिकतामा राखेर विशेष कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने आवश्यता देखिछ, उहाँले भन्नुभयो।

घोराहीमा सबैभन्दा धेरै चालू आर्थिक वर्षमा तीन सय ६० जना बालबालिकामा कडाखाले कुपोषण भेटिएको संयोजक चौधरीले बताउनु भयो  ।

उहाँका अनुसार घोराही उपमहानगरपालिकामा एक सय १२, तुलसीपुरमा ५५, लमही नगरपालिकामा १५, बबई गाउँपालिकामा ३८, शान्तिनगरमा ३२, दंगीशरणमा २८, राप्तीमा ४२, गढवामा १९ र बंगलाचुलीमा ६ जना गरी तीन सय ६० जना बालबालिकामा कडाखाले कुपोषण देखिएको छ ।

यसमध्ये एक सय ३६ जना उपचारपछि स्वास्थ्यमा सुधार भएर घर फर्किएका छन् भने एक सय ३६ जना उपचाररत छन् । त्यस्तै, ८७ जनाले बीचमै उपचार छोडेका छन् ।

१५ स्वास्थ्य संस्थामा उपचार सेवा
जिल्लामा कुपोषणको डरलाग्दो अवस्था देखिएपछि १५ स्वास्थ्य संस्थासँगको सहकार्यमा कुपोषण नियन्त्रण कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

ती स्वास्थ्य संस्थामा बालबालिकाको उपचारका लागि बहिरंग उपचार केन्द्र स्थापना गरिएको छ । सुआहाराले चालू आर्थिक वर्षमा पोषण, सरसफाइ, शिक्षालगायतका क्षेत्रमा डेढ करोड रुपैयाँ बढी खर्च गरिसकेको छ ।

युएसएआइडीको आर्थिक सहयोगमा नेपाल सरकारमार्फत मातृशिशु सुरक्षा कार्यक्रमअन्तर्गत तीन वर्षयता सुआहारा कार्यक्रम लागू भएको हो ।

त्यसयता, जिल्लाका ८० हजार घरमा स्वास्थ्य सचेतनाका कार्यक्रम गरिएको सुआहाराका संयोजक सुरजकुमार शर्माले जानकारी दिनुभयो।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस