दलितका देवता तुुल्य देवकुमार नेपाली

बुर्तिबाङ्ग । मंगलवार दिउँसो बुर्तिवाङ्ग बजारको बसपार्कबाट हजारौं मानिसहरुको जुलुस निस्कीयो । त्यही बेला आकाशमा हेलिकप्टरले फन्को मार्दै एउटा आलिशान महलको छतमा पुगेर ल्याण्ड भयो । त्यही महलको गेटमा बसपार्कबाट हिडेका हजारौं मानिसहरुको भिड आई पुग्यो । त्यस आलिशान महालबाट ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली निस्कीए । उनि ती मानिसहरुको नजिक आउनु पुर्व नै उनको जय–जयकारको नारा गुञ्जिन थाल्यो । उनलाई अविर र खादाले स्वागत मात्रै गरेनन , काँधमा बोकेर वजार परिक्रममा गराउँदै त्यसै बसपार्कमा ल्याएर देवता पुजे झैं पुजेर मञ्चमा विराजमान गराए ।

ती हजारौ मानिस थिए क्षेत्रिय दलित सञ्जाल बाग्लुङ्ग क्षेत्र नम्वर २ का दलितहरु । २०६३ साल जेठ २१ गते छुवाछुत मुक्त राष्ट्र घोषणा भएको सम्झनामा दलित सञ्जाल बाग्लुङ्ग क्षेत्र नम्वर २ ले वुर्तिवाङ्गमा आयोजना गरेको जातिय विभेद तथा छुवाछुत मुक्त दिवस विशाल दलित आम सभाको त्यो दृश्यले जनताहरु नेता र जनप्रतिनिधीहरुको विरोधमा मात्र सडकमा उत्रिदैनन स्वागत समर्थनमा पनि त्यो भन्दा बढि संख्यामा सडकमा निस्कीन्छन भन्ने उदाहरण दिई रहेको थियो ।

त्यो आलिशान महल थियो उनै देवकुमार नेपालीको । ७ तले महलको छतमा हेलिप्याड रहेको छ । त्यहा ल्याण्ड भएको हेलिकम्टमा उनका अतिथी आई रहेका थिए । उनलाई स्वागत गरेर मेयर नेपाली तल झरेका थिए ।

दशौं हजार जना दलितहरुको संख्या मध्ये कसैले कसैलाई देवकुमार नेपालीको आगमनलाई तालिले स्वागत गरौं भन्न परेन । उनलाई त्यस महलबाट निस्कन साथ स्वतः सबैबाट तालीको गडगडाहट संगै जयजयकारको नारा किस्कीएको थियो ।

दलित समुदायको उनि प्रतिको जनलहर देख्दा उनले आगमी दिनमा ढोरपाटको मेयर मात्र होईन गण्डकी प्रदेशबाट प्रतिनिधी सभा सदस्य मै भारी मतले विजयी हुने चर्चा मञ्चमा आशिन अतिथीहरुले गर्दै थिए । जव उनको मन्तव्यको पालो आयो धेरैको मुटु छोयो ।

मेरो ईतिहास भुल्दीन, म गरिव दमैको छोरो हुँ

उनले भने ‘म यसै वुर्तिबाङ्गमा जन्मेको दमैको छोरा हुँ । मेरा बाबुले बालिघरे कपडा सिलाएर हामीलाई पाल्नु भएको हो । त्यति बेला हामी दलित मात्र थिएनौ असाध्धै गरिव पनि थियौं’– ््मेयर देवकुमार नेपालीले भने –‘मैले मेरो ईतिहास भुल्न सक्दिँन, त्यसैले त्यति बेलाका मेरा बाबा आमा जस्ता गरिव बृद्ध बृद्धाहरुलाई उपचार गर्न जानका लागि पोखरा सम्म फ्रि बस सेवा सञ्चालन गरि दिएको हुँ । ’

मेयर नेपालीले आफ्नो वाल्यपनको गरिवी र त्यस समाजमा आफुले दलित हुनुको नाताले भोग्नु परेका घृण अपहेलानाका पिडा ब्यक्त गदै भने–‘म १३ बर्षको उमेर सम्म खुट्टामा चप्पल लगाउन पाएको थिईन । ’

दमैको छोरालाई नमस्कार गर्न गाह्रो

विगतमा त दलित हुनुसको पिडा भोगियो नै । अहिले म मेयर हुँदा समेत दलित हुनुको पिडा खेप्नु परेको छ । एकथरी मान्छेले भन्ने गरेका छन–‘ ‘यो दमैको छोरालाई पनि नमस्कार गर्न पर्ने भयो । हेप्न खोज्न तर म हेपिन्न । म सवै जातजातीको सम्मान गर्छु र कसैले कसैलाई हेपको सहन सक्दिँन ।

त्यस्ता मान्छेहरुलाई आज यो हजारौं दलितको भिड देखेर चक्कर आएर ढल्ने भएका होलान । अनेक जालझेल बुन्दै होलान । मेरा खुट्टा तान्न एउटा जमात ज्यान फालेर लागेको छ । मेयर देवकुमार नेपालीले भ्रष्टचार ग¥यो भनेर मुद्धा हालियो । जवकी यो देशमा दलित समुदायबाट जम्मा दुई जना मात्रै मेयर छौं ।

देशभर मै म मात्र एउटा ब्यक्ति हुँ जसले आफुले पाउने तलव सुविधा समेत लिएको छैन । फेशबुकमा पनि मेरा विरुद्ध जथाभावी लेख्ने गरिन्छ । बुर्तिबाङ्गमा मैले बनाएको आठ तले घरका विरुद्ध लेखिन्छ । कान खोलेर सुनुन यो घर मेरो होईन ढोरपाटनका मात्र होईन गण्डकी प्रदेशभरका दलित समुदायकाृे घर र प्रतिष्ठा हो यो ।

म आजै घोषणा गर्छु यो घर मेरो मात्र होईन तपाईहरु सम्पुर्ण दलित समुदायको घर र प्रतिष्ठा हो यो । आज मात्रै देख्नु भो दुई दुई पटक त्यस भवनको छतमा हेलिकप्टर आएर बस्यो । त्यसको फाईदा कसाई भयो सिंगो ढोरपाटनलाई ।, केहि मित्रहरु यस्ता हुनुहुन्छ बाँदरले न आफु घर बनाउँ छ न अरुले बनाएको देख्न सहन्छ ।

गरेर देखाउनुस मित्रहरु गरेर देखाउनुस । मैले जस्तो सयौं गरिवका घर छाएर देखाउनुस । मैले जस्तो विद्यालयहरुमा शिक्षक कर्मचारी तलव खुवाएर राखेर देखाउनुृुस । कैयौं महिला समुहका भवन बनाएर देखाउनुस । विपदमा परेका परिवारको मैले जस्तो ब्यक्तिगत उद्धार गरेर देखाउनुस । अहिले त अब देवकुमार नेपाली सांसद मन्त्री हुने भयो भनेर अत्तालिन थालेका छन ।

म पहिला भलिवल खेलाडी हुँदा दुई चारवटा भलिवल फुटाएको थिएँ अव राजनीतिको दुई चावटा बल फुटाउन पर्ने भएको छ । हामी दलितलाई अगाडी बढेको देख्नै नसनेहरु छन । त्यो पनि आफ्नै टिममा ।

दमैले छोएको कपडा नकिन भन्थे

उनले विगत स्मरण गर्दै भने–‘आफु हुर्के पछि यसै थलोमा ( वुर्तिवाङ्ग बस पार्क क्षेत्र ) कपडाको दोकान राखे । त्यति बेला त्यो दमैले छोएको कपडा नकिन भन्नेहरु थिए । त्यसमा मैले चिनी लगायका सामान पनि बेच्थें । दमैले छोएको चिनी निकन भन्न थालियो । त्यति बेला चिनीको मुल्य २४ रुपैयाँ किलो थियो ।

मेरो पालो मैले २० रुपैयाँ किलो बेच्न थाले । किलामा ४ रुपैयाँ सस्तो बेच्न थाले पछि त त्यही चिनी मैले छुएको हुन थाल्यो र धमाधम मेरो पसलको चिनी बिक्रि हुन थालेको थियो ।

मैले दलित हुनुको र गरिवीको पिडा राम्ररी बुझेको छु । दलितहरु पछाडी पर्नुको कारण ठुलाबडा भन्नेहरुको चाकरी गरेर उनिहरु संग डराएर हो । ठ्याक्कै नडराउनुस । डराउनु पर्ने कारण नै छैन । हामी के कुरामा कम छौं ? हिजो म यहाँ नछदा दलितहरुलाई धमिलो पानीमा माछा मरिन्थ्यो ।

अहिले उहाँहरुले निकै संङलो भएको ठान्नु भएको होला । हामी जुन राजनीतिमा आश्था राखे पनि एकतावद्ध हुन जरुरी छ । हामी फुट्ने हो भने हामीलाई झुटा मुद्धामा समेत फसाउँने गरिएको छ । खबरदार , अब दलित माथी त्यस्तो अत्यचार नहोस , मैले सिडियो देखि अदालत सम्म भनेको पनि छु , दलित माथी लगाईने झुटा मुद्धा लगाईयो भने सहेर बसनिे छैन ।

तपाईहरु एकताबद्ध मञ्जुर हुनुहुन्छ भने ताली हानेर समर्थन जनाउनु होस म तपाईहरुको पक्षमा लड्न तयार छु । उनले त्यसो भने लगत्तै दर्शक दिर्घबाट तालि सिठी गुञ्जायमान भयो । उनले यति ठुलो सहमागिता देश मै पहिलो र ईतिहाँस भएको दावी गर्दै भने–‘ दलित आन्दोलन आज भन्दा ७९ बर्ष अघि भगतसर्वजित बिश्वकर्माले बाग्लुङ्गबाट सुरु गरेको र अबको दलित आन्दोलन यसै थलोबाट र आजैको दिनबाट सुरु भएको छ । ’

राष्ट्रिय दलित आयोगका निर्वतमान अध्यक्ष मन्जित ताम्राकारले दलितहरुको अधिकार कटौती गरिए र छुवाछुद विभेद कायमै रहेकोले अब दलितहरु बन्दुक बोक्न समेत पछाडी नपर्ने चेतावानी दिए । दलित अधिकारर्की एवं पत्रकार अशोक दर्नालले अब सडकमा हात थापेर अधिकारको भिक माग्न नहुने भन्दै कडा आन्दोलनमा उत्रिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा अधिकारकर्मीहरु कुलविर बिश्वकर्मा, देवबहादुर सुनार, भुमिराज सेन्च्युरे , विरबहादुर बिश्वकर्मा , सामाजिक अभियान्त हेमराज आचार्य, पत्रकार योगेन्द्र बिश्वकर्मा लगायतले मन्तव्य राखेका थिए । मुल आयोजक समितिका संयोजक अशोककुमार बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योगेन्द्र बिश्वकर्माको सञ्चालन रहेको थियो ।

प्रेम सुनार

सुनार अतिथि सम्पादक हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस