१८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक

नेपालगञ्ज । प्रदेश ५ मा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक भएको छ । कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी पाइएका हुन् ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो रोगसम्बन्धी अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

निर्देशनालयका निर्देशक दिनेशकुमार चापागाईँद्वारा प्रस्तुत तथ्याङ्कमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ औलोको उच्च जोखिममा रहेको पाइएको छ ।

‘आफैँबाट शुरु गरौँ, औलोलाई शून्यमा र्पुयाऔँ’ भन्ने मूल नाराका साथ औलो नियन्त्रणका लागि सरकारले चलाएको अभियानकै दौरानमा बाँकेमा औलो रोगीको उच्च जोखिममा रहेको तथ्य बाहिरिएको हो ।

सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने अभियान चलाएको छ । औलो रोग लामखुट्टेबाट लाग्ने भएकाले घर वरिपरि सफा राखी वातावरण नै स्वच्छ बनाउनुपर्ने, खाल्डाखुल्डी पुर्ने, औषधि छर्कने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नेजस्ता विषयमा नागरिक संवेदनशील हुनुपर्ने निर्देशक चापागाईंले बताए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस