कहिलै सँगै नखानुहोस् केरा र दही

बुटवल । हाम्रो स्वास्थ्यलाई दही सेवन गरेमा निकै फाइदा जनक  हुन्छ । बढी जसो मानिसहरूलाई दही सँग केही मिसाएर खाने हुुन्छ तर, सबै खानेकुरा दही सँग मिसाएर खानु हाम्रो स्वास्थ्य लागी उचित हुँदैन जस्तै केही चिजहरू दहीसँग एकसाथ खाँदा शरीरमा टक्सिन बन्न थाल्छ । फलस्वरूप उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् ।

दहीसँग खानै नहुने यी चिजहरु

केरा र दही- केरा र दही मिसाएर खानाले स्वास्थ्यमा खराबी हुन्छ । यदि खानै परे पनि २ घण्टाको फरक पारेर मात्र खानुपर्छ ।

चीज र दही- आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यिनलाई एकै पटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।

मासको दालसँग दही- मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरे सरह हो । भुलेर पनि यिनलाई एकसाथ खानुहुँदैन ।

आँप र दही- गर्मीमा फलको राजा मानिने आँप हो । भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन किनभने यी दुइटाको स्वभाव विपरीत हुन्छ । दही शीतकारक हुन्छ भने आँपले गर्मी गराउँछ तसर्थ एकसाथ सेवन गर्दा शरीरमा टक्सिन निर्माण हुनसक्छ । यी दुई खानेकुरा एकै साथ सेवन गर्नाले शरीरमा टक्सिन निर्माण हुनसक्छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस