जेष्ठ नागरिकालाई घर–घरमा स्वास्थ्य सेवा

प्यूठान । प्यूठानका ९ वटै स्थानीय तहमा ८४ वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई घर घर पुगेर नि:शुल्लक स्वास्थ्या सेवा प्रदान गरिने भएको छ ।

जेष्ठ नागरिक लक्षित नि:शुल्क स्वास्थ्य सेवा कार्यक्रम लागु भएसंगै घर घर स्वास्थ्या जाँच गरिने भएको हो ।  प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा संचालन हुने कार्यक्रमको संमन्वय स्थानीय सरकारहरुले गर्ने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशााल सुवेदीले बताए ।

८४ वर्ष उमेर पुगेका बृद्धबृद्धालाई घरमै गई नि:शुल्क शारिरीक परिक्षण तथा उपचार सेवा प्रदान गरिने सुवेदीले बताए । ‘महिनामा कम्तीमा २ पटक स्वास्थ्य परिक्षण गर्ने छौँ ।’ सुवेदीले भने,–‘कडा बिमार भएका विरामीहरुलाई थप उपचारको व्यवस्था मिलाउन स्थानीय सरकारसंग स्वास्थ्य कार्यालयको समन्व्य रहन्छ ।’

आर्थिक अभावका कारण र घरबाट स्वास्थ्य संस्थामा जान नसक्ने विरामीहरुले यस कार्यक्रमबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने सुवेदीले विश्वास व्यक्त गरे ।

स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुबाटै स्वास्थ्य परिक्षणको व्यवस्था मिलाईएको छ । बुढ्यौलीमा लाग्ने विशेषत् औलो रोग सम्वन्धि जाँच, खकारमा क्षयरोगको जाँच, रक्तचाप, जण्डिस, स्वासप्रश्वास सम्वन्धि जाँच, आखाँको जाँच, रगतमा चिनिको मात्रा, पिसाबमा प्रोटिनको मात्राजाँच र फोक्सोको संक्रमण आदी रोग सम्वन्धिको स्वास्थ्य परिक्षण तथा औषधी वितरण गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

स्थानीयतहका ६४ वटा वडामा ९ सय १८ जना ८४ वर्ष पुगेका जेष्ठ नागरिक रहेको तथ्यांकमा उल्लेख रहको छ ।
सरोकारवालको चलाखी पूर्ण कार्यक्रमको भने स्थानीय तहमा त्यती बढी उत्साह नथपिएको स्थानीय सरकार प्रमुखहरु बताउँछन् ।

७० वर्ष उमेरबाट लागु गरेमामात्र यो स्वास्थ्य कार्यक्रम फलदायी हुने गाँउ तथा नगर प्रमुखहरुको भनाई छ । उता स्वास्थ्य प्रमुख सुवेदीले पनि प्राप्त गुनासाहरुलाई मन्त्रालयमा पु¥याई सकिएको बताए । ‘यो पहिलो वर्षको कार्यक्रम हो ।’ सुवेदीले भने, –‘दोस्रो वर्षबाट सायद करेक्सन हुन्छ की ।’ प्रदेस अन्र्तगतका १२ वटै जिल्लामा एक साथ कार्यक्रम लागु भएको सुवेदीले बताए ।

राधिका भुसाल

भुसाल प्युठान संवाददाता हुन्।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस