मेथीखानुका फाइदाहरु

बुटवल । मेथीको दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, फोस्फोरस, जिंक र फोलिक एसिड जस्ता शरीरलाई आवश्यक मिनिरर्ल्स् पाइन्छ । यसबाहेक यसमा भिटामिन ए, बी र सी पनि पाइन्छ । यसमा भरपुर मात्रामा फाइबरस् , प्रोटिन , स्टार्च , सुगर जस्ता पोषक तत्व हुने भएकाले हामीले मेथी खाने बानी बसाल्नुपर्छ । वास्तवमा मेथी स्वास्थ्यका हिसाबले हेर्ने हो ,भने अत्यन्तै फाइदाजनक खानेकुरामा पर्छ ।

मेथीखानुका फाइदाहरु

मेथीको दानाले शरीरका फोहोरलाई सहजै बाहिर निकालेर मिर्गौलालाई स्वस्थ राख्न मद्दत गर्छ ।

मेथीको दानाले ग्यास्ट्रिकको समस्याबाट बचाउन सक्छ । यसले पेट पोलेको र एसिडिटीको समस्याबाट राहत् दिलाउन सक्छ ।

मेथीको दानामा सल्युबल फाइबर हुने भएकाले यसले सुगरलाई नियन्त्रण गरेर मधुमेहको खतराबाट बचाउँछ ।

मेथीमा पाइने गेलाक्टोमेनन र पोटासियमले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ र हृदयघातको सम्भावनालाई कम गराउँछ ।

भिजाएको मेथीको दाना पाचन प्रणालीलाई स्वस्थ राख्न धेरै प्रभावकारी हुन्छ । यसका साथै यसले कब्जियत र पेटसम्बन्धी अन्य समस्यालाई पनि टाढा राख्छ ।

मेथीको दानाले शरीरका फोहोरलाई बाहिर निकाल्ने हुनाले यसले छालालाई स्वस्थ राखेर पिम्पल जस्ता समस्याबाट बचाउँछ ।

दैनिक बिहान भिजाइएको मेथीको दानालाई कपालमा लगायो भने यसले कपाल सेतो हुनबाट बचाउँछ । यसका साथै यसले कपाललाई नरम बनाएर झर्नबाट रोक्छ ।

पाइल्सको समस्या भएकाले अनिवार्य मेथी खाने गर्नुपर्छ । यसले पाचन प्रणालीलाई सहज बनाउने भएकाले यसको नियमित सेवन गर्नुपर्छ ।

धेरै पिशाब लागिरहने वा पिशाबमा संक्रमण हुने जस्ता समस्या भएमा मेथी धेरै मद्दतगार साबित हुन सक्छ ।

नियमित मेथीको दाना खाने गरेमा यसले पुरुषहरुमा बाँजो हुने समस्याबाट राहत दिलाउन सक्छ । यसले पुरुषहरुको वीर्यलाई स्वस्थ राख्दछ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस